२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको डरलाग्दो जनजाती, जसले मानिसको हत्या गर्न रुचाउँछन् !



अ+ अ-

एजेन्सी । संसारमा धेरै रहस्यमय जनजातिहरू छन् । यी जनजातिहरू आफ्नो परम्परा, जीवनशैली र खानपानका कारण सधैं चर्चामा हुन्छन् । विश्वमा बसोबास गर्ने आदिवासी जातिले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पालना गर्दै आएका छन् ।

यी जनजातिहरुको उनीहरु बसोबास गर्ने वनमा पूर्ण अधिकार छ । त्यहाँका सरकारहरूले पनि यी प्रजातिहरूको अधिकारमा हस्तक्षेप गर्दैनन् । संसारका यी केही जनजातिहरू अत्यन्त खतरनाक छन् । यी मध्ये एक इथियोपियाको डरलाग्दो ‘मुर्सी’ जनजाति हो ।

इथियोपियाको डरलाग्दो मुर्सीको जनजातिमा कसैको हत्या गर्नु पुरुषत्वको लक्षण मानिन्छ । यो जनजाति दक्षिण इथियोपिया र सुडान सीमाको ओमान उपत्यकामा बस्छ । यी मानिसहरूसँग यस्ता हतियारहरू छन्, जसद्वारा तिनीहरूले एकैछिनमा कसैलाई मार्न सक्छन् । त्यसैले यो जनजाति सबैभन्दा खतरनाक मानिन्छ ।

मुर्सी जनजातिलाई आफ्नो विशिष्ट अनुष्ठानका लागि पनि विश्वभर चिनिन्छ । यस जनजातिका महिलाहरूले शरीर परिमार्जन प्रक्रियाको भागको रूपमा तल्लो ओठमा काठ वा माटोको डिस्क लगाउँछन् । यी मानिसहरू खराब नजरबाट बच्न सकून् भनेर यो गरिन्छ । यसले महिलाको सौन्दर्य घट्छ र उनीहरु कम आकर्षक देखिने गरेको उनीहरुको विश्वास छ ।

मुर्सी समुदायको जनसंख्या करिब १०,००० छ। ‘अरूको हत्या नगरी बाँच्नुको कुनै अर्थ छैन, त्यसो नगरे आफै मर्नु राम्रो’ भन्ने विश्वास यस जनजातिको छ । मुर्सी जनजातिबाट सयौं मानिस मारिएका छन् । यदि कोही आफ्नो इलाका र समुदायमा उनीहरुको अनुमति बिना गएको खण्डमा यिनीहरूले ती मानिसलाई मार्छन् ।

यस जनजातिको हिंसात्मक व्यवहारका कारण इथियोपिया सरकारले उनीहरुसँगको सम्पर्कमा प्रतिबन्ध लगाएको छ । यदि कुनै विदेशी वा राष्ट्र प्रमुख सरकारी पाहुनाको रूपमा इथियोपियामा आए र मुर्सी जनजाति हेर्ने इच्छा व्यक्त गरे, सरकारले उसलाई सशस्त्र गार्डको साथ आदिवासी क्षेत्रको भ्रमण गर्न लगाउँदछ ताकि उसलाई हमला नहोस् ।