• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद

फिल्म ‘दान्भी’मा एक्सन अवतारमा देखिँदै पूजा शर्मा



काठमाडौँ । अभिनेत्री पूजा शर्मा फिल्म ‘दान्भी’मा एक्सन अवतारमा देखिँदैछिन् । अभिनेत्री शर्माले पोस्टर सार्वजनिक गर्दै फिल्मको टिजर चाँडै आउने जनाएकी छन् ।

‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’, ‘रामकहानी’ जस्ता लभ स्टोरी फिल्ममा देखिएकी उनी पहिलो पटक एक्सन फिल्ममा देखिन लागेकी हुन् ।

फिल्ममा पूजासँगै अभिनेता कुन्साङ बोमजमको अभिनय रहनेछ । बोमजमको यो डेब्यू फिल्म समेत हो । फिल्ममा रूपेश तामाङको निर्देशन रहेको छ ।