२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालबाट डिस्चार्ज



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार राति घर फर्किएका छन् । कोरोना संक्रमणपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा शाह कोरोनामुक्त भएसँगै बुधबार राति ८ बजे डिस्चार्ज भएका हुन् ।

१९ दिनअघि पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वराजा शाहलाई अक्सिजनको सपोर्ट उपचार गरिएको थियो । ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि आमासँगै अस्पतालमा छिन् । 

पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो ।