• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

संसद गतिरोधबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक



फाईल फोटो

काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसेको छ ।

पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा संसद गतिरोध, गठबन्धन दलहरूबीच देखिएको अविश्वास लगायत विषयमा छलफल भईरहेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद अवरोध गर्दै आईरहको छ ।

सोमबार पनि गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकले आपसी अविश्वासलाई हल गर्दै वर्तमान गठबन्धन कायमै राख्ने निर्णय गरेको थियो ।