• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

नेयमार अल–हिलालमा अनुबन्धित



एजेन्सी । ब्राजिलियन स्टार खेलाडी नेयमार पनि साउदी अरब पुगेका छन् ।

साउदी प्रो लिग खेल्नका लागि उनी पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट साउदी पुगेका हुन् । नेयमारले साउदीको क्लब अल-हिलालसँग २ वर्षको सम्झौता गरेका छन् ।

सम्झौता अनुसार उनले वार्षिक ३०० मिलियन डलर प्राप्त गर्दा एडअन र कमर्सियल डिलमार्फत ४०० मिलियन पुग्ने घोषणा गरिएको छ ।

अल हिलालबाट नेयमारले १० नम्बरको जर्सी लगाउनेछन् । उनी सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजीमा आएका थिए ।

पिएसजीका लागि १ सय ७३ खेल खेलेका नेयमारले क्लबलाई १३ उपाधि जिताएका छन् । पिएसजीमा नेयमारले ११२ खेलमा ८२ गोल गरेका थिए ।

यो सिजन करिम बेन्जेमा, एनगोलो कान्टे, जोर्डन हेन्डरसन, रुवेन नेभ्स, साडियो माने र रोबर्टो फिर्मिनोजस्ता चर्चित खेलाडी साउदी गएका थिए ।

गत जनवरीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेडबाट साउदी क्लब अल नासरमा आएका थिए । त्यसपछि चर्चित खेलाडीहरु साउदी जाने ढोका खुलेको थियो ।