१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाल आरोहणको शुल्क बढाउदै सरकार



अ+ अ-

काठमाडौँ । सरकारले सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमाल आरोहण शुल्क (रोयल्टी) वृद्धि गर्ने तयारी गरेको छ ।

नयाँ संघीय पर्यटन विधेयकसँगै सरकारले पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्दै हिमाल आरोहण शुल्क वृद्धि गर्ने तयारी गरेको पर्यटन विभागका निर्देशक तथा प्रवक्ता युवराज खतिवडाले जनाए ।

पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनसँगै हाल मन्त्रालयले हेर्दै आएको पर्वतारोहण सम्बन्धी स्वीकृति, रोयल्टी संकलन तथा पर्वतारोहण नियमन तथा सुपरिवेक्षणसँगै सम्पूर्ण व्यवस्थापकीय अधिकार पर्यटन विभागलाई प्रत्यायोजन हुने खतिवडाले बताए ।

हाल सगरमाथा आरोहणका लागि नेपाली नागरिकले ऋतु अनुसार १८ हजार २५० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्मको शुल्क तिर्छन् भने विदेशीले २ हजार ७५० अमेरिकी डलरदेखि ११ हजार डलरसम्म तिर्छन् ।

यस्तै, सगरमाथाबाहेकका अन्य आठ हजार मिटरसम्मका हिमाल आरोहण गर्दा नेपालीले २ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म तिर्छन् भने विदेशीहरुले ४५० अमेरिकी डलरदेखि १ हजार ८०० डलर तिर्छन् ।

त्यसैगरी, ७ हजार ९९९ मिटर भन्दा तल उचाइ भएकाका हिमाल आरोहण गर्दा रेञ्ज हेरी रोयल्टी लाग्ने गर्छ ।