४ आश्विन २०८१, शुक्रबार
,
Latest
बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाल आरोहणको शुल्क बढाउदै सरकार



अ+ अ-

काठमाडौँ । सरकारले सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमाल आरोहण शुल्क (रोयल्टी) वृद्धि गर्ने तयारी गरेको छ ।

नयाँ संघीय पर्यटन विधेयकसँगै सरकारले पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्दै हिमाल आरोहण शुल्क वृद्धि गर्ने तयारी गरेको पर्यटन विभागका निर्देशक तथा प्रवक्ता युवराज खतिवडाले जनाए ।

पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनसँगै हाल मन्त्रालयले हेर्दै आएको पर्वतारोहण सम्बन्धी स्वीकृति, रोयल्टी संकलन तथा पर्वतारोहण नियमन तथा सुपरिवेक्षणसँगै सम्पूर्ण व्यवस्थापकीय अधिकार पर्यटन विभागलाई प्रत्यायोजन हुने खतिवडाले बताए ।

हाल सगरमाथा आरोहणका लागि नेपाली नागरिकले ऋतु अनुसार १८ हजार २५० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्मको शुल्क तिर्छन् भने विदेशीले २ हजार ७५० अमेरिकी डलरदेखि ११ हजार डलरसम्म तिर्छन् ।

यस्तै, सगरमाथाबाहेकका अन्य आठ हजार मिटरसम्मका हिमाल आरोहण गर्दा नेपालीले २ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म तिर्छन् भने विदेशीहरुले ४५० अमेरिकी डलरदेखि १ हजार ८०० डलर तिर्छन् ।

त्यसैगरी, ७ हजार ९९९ मिटर भन्दा तल उचाइ भएकाका हिमाल आरोहण गर्दा रेञ्ज हेरी रोयल्टी लाग्ने गर्छ ।