६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

जातिय विभेद् गर्नेलाई राज्यले आजीवन कारावासको सजाय दिनुपर्छ: वामदेव गौतम

जातिय विभेद् गर्नेलाई राज्यले आजीवन कारावासको सजाय दिनुपर्छ: वामदेव गौतम
file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातिय विभेद र उत्पीडन गर्नेहरुमाथि आजीवन कारावासको सजाय दिने कानून बनाउन सरकारसँग माग गर्नुभएको छ ।

मृत्युदण्डको कानूनी व्यवस्था गरेपछि मात्रै अमेरिका लगायतका मुलुकमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै उहाँले नेपालमा पनि त्यसको अन्त्यका लागि सरकारले पीडकलाई आजीवन कारावासको सजाय दिनेगरी सरकारले कानूनी व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभएको हो ।

आज पनि नेपाल र भारत जातिय विभेदले पीडित हुनु परेकोमा आपत्ति जनाउँदै सांसद गौतमले त्यसको अन्त्य अब पीडकलाई सम्झाएर, बुझाएर नहुने जिकिर गर्नुभयो । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपालको संविधानले जातिय विभेदलाई गम्भिर अपराधको रुपमा लिएपनि त्यस अनुसारको कानून नबन्दा त्यसबाट हुने उत्पीडन अझै कायमै रहेको तर्क समेत गर्नुभयो । आफूले शुरुदेखि नै जातीय विभेदजस्ता अमानवीय शोषण, दमन, थिचोमिचोलाई अन्त्य गर्नका लागिग विद्रोह गर्नेहरुलाई कठोर जरिवाना गर्ने, दबाउने काम पनि संविधान अनुसारको कानूनी व्यवस्था नभएकै कारण हुन गएको पनि स्पष्ट पार्नुभयो ।

सांसद गौतमले भन्नुभयो, ‘अब यहाँ सम्झाउने, बुझाउने अनेक विषयहरु भए । र, त्यस सम्बन्धमा पनि खर्च धेरै भएको छ । तर हाम्रो देशको मात्र होइन, जातीभेद, वर्णभेदजस्ता समस्याबाट संसार अरु देशहरु पनि पीडित भएका छन् । तर अहिले जातिभेदबाट पीडित हुने भारत र नेपाल नै हो । त्यसै गरेर इस्लामिक कन्ट्रीहरु, जहाँ इस्लामलाई धर्म मान्ने गरिएको छ । राज्य धर्मको रुपमा रहेका छन् । त्यो ठाउँमा पनि गम्भिर जातीय भेदहरु छन् । हाम्रो यहाँ त्यसमा सुधार भएको स्थिति छ । तर कानून त्यस्तो छैन । कानून भनेको बल हो । त्यो बल प्रयोग हुनुपर्छ । अहिले जेजति कानूनहरु बनेका छन् । संविधानले पनि अधिकार दिने भनेर भन्छ । तर त्यो दण्डनीय अधिकार हो । गम्भिर अपराध हो भनेर भन्ने शब्दहरु पनि परेका छन् संविधानमा । तर कानूनमा त्यस्तो परेको छैन । र, कानून नै बन्नुपर्छ ।

मैले शुरुदेखि भनिराखेको छु–जबसम्म यो अमानवीय शोषण, दमन, थिचोमिचो, जसलाई असैह्य भन्नुपर्छ । झण्डै ३ हजार वर्षदेखि हाम्रो समाजमा यो उत्पीडन छ । यो जातीय उत्पीडन छ । र, त्यसको बिरुद्ध, जो जोले बिद्रोह गर्न शुरु गरे । तिनलाई अरु पनि कठोर कठोर दण्ड जरिवाना गर्दै तिनीहरुलाई दवाउने किसिमको काम भएको छ । त्यसो भएर आज जे जति अधिकार प्राप्त भएको छ । त्यो अधिकार कार्यान्वयन हुन नसक्दाखेरी आक्रोश व्यक्त गर्ने स्थिति सृजना हुन्छ । अमेरिकाका सम्झाईबुझाई गरेर समस्या समाधान भएन त्यहाँको गम्भिर वर्णभेद । अनि, अमेरिकामा कानून बन्यो मृत्युदण्डको । त्यो विभेद गर्नेलाई, वर्णभेद गर्नेलाई त्यसो गरियो । त्यसपछि समाप्त भयो ।

मैले त्यो उदाहरण दिँदै यहाँ भनेको छु–कानून बनाऊ त्यस्तो, जसले त्यस किसिमको विभेद गर्छ, त्यसलाई हाम्रो देशको कानून अनुसार सबभन्दा ठूलो सजाय भनेको आजीवन कारवासको हो । आजीवन कारावास हुने किसिमको कानून बनाऊ । र, पीडितलाई तत्काल क्षतिपूर्ति दिनका लागि, जसले त्यो उत्पीडन गरेको छ । त्यसले उसको परिवारमा पाउने अंश कब्जा गरेर, त्यसलाई बेचबिखन गरेर पीडितलाई क्षतिपूर्ति दिने । अरु राजनीतिक, सामाजिक क्षेत्रमा यो ३ हजार वर्षदेखि जातीय उत्पिडन शुरु भएर उनीहरु त्यो कारणले राज्यजे दिनुपर्ने र सरकारले लागू गर्नुपर्ने विषयहरु धेरै छन् । त्यसको निम्ति मैले सोचेको त्यस्तो कानून बनाऊ । त्यो कानून बमोजिम क्षतिपूर्ति समितिले दिएको सबै निर्देशन लागू गर्नुपर्छ ।’

सांसद गौतमले जातीय विभेद गर्नेहरुको सम्पती कब्जा गरेर सरकारले पीडितलाई तत्काल राहत दिने व्यवस्था गर्नुपर्नेतर्फ पनि ध्यानाकर्षण गराउनु भयो । उहाँले जातिय विभेद अन्त्यका लागि संसद र संसदीय समितिले दिएको निर्देशनहरुको पूर्ण पालना गर्न पनि सरकारलाई दबाब दिनुभयो ।