१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीरबाट लडेर २० वर्षीय युवकको मृत्यु



symbolic picture
अ+ अ-

सिमकोट । हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार उनको पानलोटी भिरबाट लडेर मृत्यु भएको हो । ढकाल गाईवस्तु चराउन अदानचुली र ताँजाकोटको बीच भागमा पर्ने पानलोटी खर्क गएका थिए ।

उनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । ढकाल सोमबार साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्दा मङ्गलबार मृत भेटिएका थिए । रासस