२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगनाले किन गरिन् जोनको तारिफ ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतले अभिनेता जोन अब्राहमको तारिफ गरेकी छिन् । सामाजिक सञ्जालमा स्टोरी सेयर गर्दै कंगनाले बलिउडमा धेरै पटक नकारात्मक मान्छेको बारेमा खुलेर कुरा गरेको बताउँदै बलिउडमा पनि केही सकारात्मक मानिस पनि रहेको उल्लेख गरेकी छन् ।

उनले जोन अब्राहमको उदाहरण दिँदै जोन एकदमै वास्तविक र प्रेरणादायी व्यक्ति भएको बताइन् ।

कंगनाले यो पनि भनिन् कि जोन र उनी सम्पूर्ण फिल्म उद्योगमा मात्र दुई व्यक्ति हुन् जसले आफ्नो घरमा काम गर्ने कामदारहरूलाई पनि सम्मान गर्छन् र उनीहरूलाई परिवारको हिस्सा मान्छन् ।

कंगनाले जोन अब्राहमको तस्बिर सेयर गर्दै लेखेकी छिन्– ‘इन्डस्ट्रीमा भइरहेको नकारात्मकताका बारेमा मैले धेरै भनेको छु तर हामीले आफ्नो वरपर रहेको सकारात्मकतालाई बिर्सनु हुँदैन । मैले जोनसँग पनि काम गरेको छु र उहाँ कस्तो अद्भुत व्यक्ति हुनुहुन्छ भन्ने शब्दमा वर्णन गर्न सक्दिनँ । जनताले उहाँको व्यक्तित्वको बारेमा धेरै थाहा पाउने छैनन् किनभने उहाँले मिडियालाई उहाँको बारेमा लेख्न पैसा दिनुहुन्न ।’

कंगनाले थप लेखिन्– जोन निकै दयालु र समझदार व्यक्ति हुनुहुन्छ । उहाँ आफ्नो वैवाहिक जीवनको बारेमा मिडियामा कहिल्यै कुरा गर्नुहुन्न, पिआर पनि गर्नुहुन्न । उहाँले कहिल्यै पनि कुनै महिलासँग दुर्व्यवहार गर्नुभएन न त कुनै महिलाको फाइदा उठाउने प्रयास गनुर्भो । उहाँसँग न कुनै एजेन्डा छ न त उहाँ कुनै समूहको हिस्सा हुनुहुन्छ । उहाँ एक अद्भुत व्यक्ति हुनुहुन्छ, लव यु जोन ।’

कंगनाले सन् २०१३ मा जोन अब्राहमसँग फिल्म ‘शूटआउट एट वडाला’मा काम गरेकी थिइन् । सञ्जय गुप्ताद्वारा निर्देशित यस एक्सन फिल्ममा अनिल कपूर, तुषार कपूर, मनोज बाजपेयी र सोनू सूद पनि थिए ।

 




भर्खरै