२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगनाले किन गरिन् जोनको तारिफ ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतले अभिनेता जोन अब्राहमको तारिफ गरेकी छिन् । सामाजिक सञ्जालमा स्टोरी सेयर गर्दै कंगनाले बलिउडमा धेरै पटक नकारात्मक मान्छेको बारेमा खुलेर कुरा गरेको बताउँदै बलिउडमा पनि केही सकारात्मक मानिस पनि रहेको उल्लेख गरेकी छन् ।

उनले जोन अब्राहमको उदाहरण दिँदै जोन एकदमै वास्तविक र प्रेरणादायी व्यक्ति भएको बताइन् ।

कंगनाले यो पनि भनिन् कि जोन र उनी सम्पूर्ण फिल्म उद्योगमा मात्र दुई व्यक्ति हुन् जसले आफ्नो घरमा काम गर्ने कामदारहरूलाई पनि सम्मान गर्छन् र उनीहरूलाई परिवारको हिस्सा मान्छन् ।

कंगनाले जोन अब्राहमको तस्बिर सेयर गर्दै लेखेकी छिन्– ‘इन्डस्ट्रीमा भइरहेको नकारात्मकताका बारेमा मैले धेरै भनेको छु तर हामीले आफ्नो वरपर रहेको सकारात्मकतालाई बिर्सनु हुँदैन । मैले जोनसँग पनि काम गरेको छु र उहाँ कस्तो अद्भुत व्यक्ति हुनुहुन्छ भन्ने शब्दमा वर्णन गर्न सक्दिनँ । जनताले उहाँको व्यक्तित्वको बारेमा धेरै थाहा पाउने छैनन् किनभने उहाँले मिडियालाई उहाँको बारेमा लेख्न पैसा दिनुहुन्न ।’

कंगनाले थप लेखिन्– जोन निकै दयालु र समझदार व्यक्ति हुनुहुन्छ । उहाँ आफ्नो वैवाहिक जीवनको बारेमा मिडियामा कहिल्यै कुरा गर्नुहुन्न, पिआर पनि गर्नुहुन्न । उहाँले कहिल्यै पनि कुनै महिलासँग दुर्व्यवहार गर्नुभएन न त कुनै महिलाको फाइदा उठाउने प्रयास गनुर्भो । उहाँसँग न कुनै एजेन्डा छ न त उहाँ कुनै समूहको हिस्सा हुनुहुन्छ । उहाँ एक अद्भुत व्यक्ति हुनुहुन्छ, लव यु जोन ।’

कंगनाले सन् २०१३ मा जोन अब्राहमसँग फिल्म ‘शूटआउट एट वडाला’मा काम गरेकी थिइन् । सञ्जय गुप्ताद्वारा निर्देशित यस एक्सन फिल्ममा अनिल कपूर, तुषार कपूर, मनोज बाजपेयी र सोनू सूद पनि थिए ।