२० श्रावण २०८३, बुधबार
,
Latest
एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन अघि बढ्यो इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया, जायज माग मात्रै सम्बोधन गर्न… अनि हुन्छ… जमल जलमग्न धनुषामा सम्बन्धविच्छेदका घटना बढे कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ न्यायपालिकाको गरिमा र कार्यशैलीमाथि प्रश्न उठ्नु चिन्ताको विषयः सांसद विश्वकर्मा न्यायपालिकालाई कार्यपालिकाको बन्दी बनाउन खोजियोः सांसद साजिदा खातुन सिद्धिकी समितिको कार्यशैलीप्रति आपत्ति जनाउँदै काँग्रेस सांसद गुरुङले भनिन्ः समिति सभापतिको भुमिका सरकारको प्रवक्ता जस्तो भयो न्यायपालिकाको स्वतन्त्रतामाथि देखिएका चुनौतीबारे अन्तर्राष्ट्रिय चासोलाई गम्भीरतापूर्वक लिन सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड–माधवलाई लक्षित गर्दै दक्षिणपन्थी स्वार्थको झोले भएको ओलीको टिप्पणी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गर्नुभएको छ ।

बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै उहाँले नेता नेपालले एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्नको लागि दक्षिणपन्थी सरकार बनाउनको लागि भोट हालेको बताए ।

“हामीलाई पनि झोले भन्छन् । तर, खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेका छन् । त्यसलाई भन्छन् झोले ।”, उहाँले भन्नुभयो, “नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरुको झोला बोकेका छन् दक्षिणपन्थीको झोले भनेको दक्षिणपन्थी स्वार्थका झोला बोक्नेहरु हुन् । शब्द नराम्रो लागेपनि मिलाएर बुझ्नुहोला ।”