४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

एशिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको लक्ष्य

एशिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको लक्ष्य
अ+ अ-

काठमाडौँ । नेपालले घरेलु मैदानमा आयोजना हुन लागेको एशिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ ।

आगामी भदौ १ गतेदेखि काठमाठौंमा महिला र पुरुषको एशिया यु–२० रग्बी सेभेन्स शुरु हुँदैछ । उक्त प्रतियोगिताका लागि पछिल्लो ढेड महिनादेखि तयारी गरिरहेको नेपालका दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ तयारीलाई तिब्रता दिइरहेका छन् । यही आयोजनालाई लक्षित गरेर नेपालका दुवै युवा टोलीले पोखरामा ४५ दिनको बन्द प्रशिक्षण पनि गरेका थिए । खेल आयोजना नजिकिएपछि काठमाडौं फर्किए नेपाली टोलीले पछिल्लो तीन दिनदेखि दशरथ रंगशालामा अभ्यास गरिरहेका छन् ।

श्रीलंका र क्यानडामा दशकभन्दा बढी समय प्रशिक्षण गरिसकेका अनुभवी प्रशिक्षक सन विजेसिंघले नेपालका दुवै टोलीलाई यसै प्रतियोगिताका लागि तयार गरिरहेका छन् । पुरुषतर्पm नेपाल समूह ‘बी’ मा छ । प्रतियोगिताकै बलियो टोलीका रूपमा हेरिएको हङकङसहित यस समूहमा भारत र मलेसिया छन् । यो समूहमा विजेता बन्दै उपाधिको दाबेदारका रूपमा आफूलाई उभ्याउने लक्ष्य नेपालको छ । त्यसका लागि नेपाली खेलाडीले राम्रो तयारी पनि गरिरहेका छन् ।

महिलातर्पm भने राउण्ड रोविन लिगमा खेल हुनेछ । चार राष्ट्र सहभागी लिगको शीर्ष दुईमा रहँदै नेपाली महिला टोलीले पनि फाइनलमा पुग्ने लक्ष्य लिएको छ । महिलातर्पm २२ प्रारम्भिक टोलीको पोखरामा ढेड महिनाको प्रशिक्षणबाट १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । पुरुषतर्पm पनि २९ सदस्यीय प्रारम्भिक टोलीबाट १६ सदस्यीय नेपाली टोलीले प्रतियोगितामा चुनौति प्रश्तुत गर्दैछ । पुरुषतर्पm पूर्वराष्ट्रिय खेलाडी विराट ऐडी र महिलामा साबित्री पूर्जाले श्रीलंकाली प्रशिक्षक विजेसिंघेको प्रशिक्षण टोलीमा साथ दिँदै आएका छन् ।

श्रीलंकाली प्रशिक्षक विजेसिंघेले प्रतियोगिताका तयारीका लागि संघले आवश्यक पक्षमा राम्रो काम गरेको र सोही अनुरूप खेलाडीले पनि मेहनत गरेकाले सुखद् नतिजा ल्याउने बताउनु भयो ।

एशिया यु–१८ रग्बी सेभेन्स सफलतापूर्वक आयोजना गरेपछि नेपालसँग खुशी हुँदै एशिया रग्बीले दोस्रो ठूलो आयोजनाको जिम्मेवारी सुम्पिएको हो । विश्व रग्बीको पूर्ण सदस्यता प्राप्त गरेपछि नेपालले एशियाली रग्बीको ठूलो प्रतियोगिता नेपालमा आयोजना गर्दैछ । उक्त आयोजनालाई नतिजामुखि बनाउने नेपाली यु–२० पुरुष रग्बी टोलीका कप्तान रोहन डंगोलको विश्वास छ ।

दशरथ रंगशालामा नै भएको पछिल्लो यु–१८ संस्करण नेपाली महिला टोलीका लागि त्यति यादगार बन्न सकेको थिएन । छोटो र प्रभावकारी तयारी बिना नै पछिल्लो संस्करण खेलेको नेपाली महिला टोलीले यसपटक पर्याप्त समय पाएका छन् । त्यसैले पनि यसपटक एशिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको महिला यु–२० टोलीकी कप्तान प्रिया तामाङको विश्वास छ ।

उक्त प्रतियोगिताका लागि मंगलवारबाट विदेशी टोली नेपाल आएका छन् । प्रतियोगिताको आयोजनाको मिति नजिकिँदै गर्दा नेपालले पनि आफ्नो तयारी अन्तिम चरणमा पुर्‍याएको छ । नेपाल रग्बी संघको अध्यक्ष दीपक देवकोटाले पनि सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भयो ।

लगातार एशियाको दुई ठूलो प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै एसिया रग्बीमा आफ्नो छाप छोड्ने लक्ष्य नेपाल रग्बी संघको छ । साथै पर्याप्त प्राविधिक जनशक्तिमा कमजोर नेपाल यस प्रतियोगिताबाट त्यसको अभाव केही मात्र पूर्ति गर्ने योजनामा पनि छ । नेपालमा हुने रग्बीको यो ठूलो प्रतियोगितालाई सदुपयोग गर्दै हामी दक्ष प्राविधिकको उत्पादनमा समेत ध्यान दिएर संघले काम गरिरहेको नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बताउनु भयो ।

यो आयोजना लगत्तै नेपाल रग्बी संघ एशियाको अर्को कार्यक्रम नेपालमा भित्र्याउने योजनामा छ । तर, त्यसका लागि यो आयोजनाबाट एशिया रग्बी प्रभाव पार्ने संघको विश्वास छ । साथै प्रतियोगितालाई पनि नतिजामुखी बनाउने संघका अध्यक्ष दीपक देवकोटाले बताउनु भयो ।

यो प्रतियोगितामा पछिल्लो संस्करण यु–१८ रग्बी सेभेन्सका विजेता संयुक्त अरब इमिरेट्स (युइर्ए) ले प्रतिष्पर्धा गरेको छैन । यद्यपि, युथको प्रतिष्पर्धामा बलियो मानिएको हङकङ उपाधि जित्ने लक्ष्यका साथ आएको छ । मलेसियाले पनि बलियो दाबेदारी प्रश्तुत गर्ने लक्ष्य बनाएको छ ।