९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब हेलमेट र सनग्लास लगाएर ऊँटले गर्यो विश्वको लामो जिपलाइनमा स्टन्ट



अ+ अ-

एजेन्सी । आजको समयमा धेरैजसो मानिसहरु साहसिक कार्यको सौखिन हुन्छन् । जसका लागि मानिसहरु ठूला हिमालहरु पनि चढ्ने हिम्मत गर्छन् ।

अहिलेसम्म तपाईले मानिसले मात्र साहसिक कार्य गरेको देख्नुभएको वा सुन्नु भएको होला, तर के तपाईले कुनै जनावरलाई साहसिक कार्य गरेको देख्नुभएको छ ।

यसैबीच एउटा ऊँटले जिपलाइनिङको मजा लिएको छ । अचम्मको कुरा, यो संसारको सबैभन्दा लामो जिपलाइनिङ हो, जसमा ऊँट स्टन्ट गरेको छ ।

यो भाइरल भिडियो युएईको रहेको बताइएको छ, जसमा एउटा विशाल ऊँट तारमा झुण्डिएर विश्वको सबैभन्दा लामो जिपलाइनको मजा लिइरहेको छ । यो जिपलाइन २.८ किलोमिटर लामो छ, जसमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्न सकिने बताइएको छ ।

भिडियो हेरेका कतिपयले ऊँटलाई यातना दिएको महसुस गरेको हुनुपर्छ, तर, यो एउटा एनिमेसन हो, यसको मतलब वास्तविकतामा ऊँट छैन ।

यो पुरा भिडियो कम्प्यूटर जेनेरेटेड इमेज (सीजीआई)को सहयोगमा बनाइएको हो, जुन हेर्दा एकदमै वास्तविक देखिन्छ, जसलाई हेरेर अहिलेसम्म धेरै मानिसहरु झुक्किएका छन् । भिडियोमा ऊँटले हेलमेट र सनग्लास लगाएको देखिन्छ ।

भिडियो जुम गरेपछि तपाईले बुझ्नुहुनेछ कि यो वास्तविक होइन, तर ऊँटको कृत्रिम संस्करण हो । ४ दिनअघि सेयर गरिएको यो भिडियोलाई ४ लाख ३३ हजारभन्दा बढीले लाइक गरेका छन् । योसँगै भिडियो हेरेका मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।