• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

अक्षय कुमारले पाए भारतको नागरिकता, भन्छन् – ‘अब मन र नागरिकता दुबै हिन्दुस्तानी’



एजेन्सी । अगस्ट १५ मा फिल्मस्टार अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । अक्षय आफैंले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले खुसी साट्दै लेखेका छन् – ‘अब मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना… जय हिन्द ।’

अक्षय कुमारसँग अझै पनि क्यानडाको नागरिकता थियो । उनलाई क्यानेडियन कुमार भन्दै ट्रोल पनि गरिएको थियो ।

अक्षय कुमारले सन् २०११ मा क्यानडाको संघीय निर्वाचनपछि त्यहाँको कन्जरभेटिभ सरकारले क्यानडाको नागरिकता पाएका थिए । डिसेम्बर २०१९ मा, अक्षयले भारतीय राहदानीको लागि आवेदन दिए र उनले आफ्नो क्यानाडाको नागरिकता त्याग्न लागेको बताएका थिए ।

वास्तवमा, जब अक्षय कुमारका ब्याक–टू–ब्याक फिल्महरू भारतमा फ्लप भए, उनले साथीको सल्लाहमा क्यानडामा बस्ने निर्णय गरे । उनले राहदानीका लागि आवेदन दिए र त्यहाँको नागरिकता पाए । कफी विथ करणमा अक्षय कुमारले क्यानडाको नागरिकताका कारण धेरैले उनलाई क्यानडा कुमार भन्ने गरेको बताए । यद्यपि उनलाई यस्तो ट्रोलिङमा कुनै आपत्ति छैन ।

यता, अहिले हलमा रिलिज भइरहेको अक्षय कुमारको फिल्म ‘ओएमजी २’ ले राम्रो व्यापार गरिरहेको छ । फिल्मले रिलिजको चौथो दिन सोमबार १२ करोड कमाएको छ । योसँगै यो फिल्मको कुल कलेक्सन ५५ करोड पुगेको छ ।