१ मंसिर २०८१, शनिबार
,
Latest
देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यकः अध्यक्ष दाहाल राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैनः प्रधानमन्त्री ओली चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझावः ‘एक भिजिट, एक नेशनल गोल’ भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु १६ को अवस्था गम्भीर ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी राष्ट्रिय कर दिवसः उत्कृष्ट करदाता सम्मानित स्थानीय तह उपनिर्वाचन: आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन लेबनानमा इजरायली हवाई आक्रमणः ११ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलको एलओडी क्लबको कारोबार खाता नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लबको कारोबार खाता नियन्त्रणमा लिइएको छ ।

कर छलीको अनुसन्धानमा तानिएसँँगै गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको थियो । गत शुक्रबार अपराह्न ४ बजेदेखि सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको बताइएको छ ।

क्लबमा प्रवेश गर्नेसँग मोटो रकम उठाएर न्यून मात्रामा कर दाखिला गरेको सूचनाका आधारमा छापा मारेको विभागले बताएको छ ।

विभागले ठूलो करछलीको सूचनापछि एलओडीका सबै कारोबार खाता नियन्त्रणमा लिएको छ । अहिले विभागले थप अनुसन्धान गरिरहेको छ ।

सो क्रममा क्लबमा आउनेहरुले तिर्ने र खास कर दाखिला खातामा चढाइने रकम बीचको भिन्नता जाँच गर्न विभागको टोली शुक्रबार रातभर नै बसेको थियो । विभागले उक्त क्लबबाट दैनिक हुने व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको हो ।

विभागले एलओडी नाइट क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, राजु सिंह सुवाल र श्याम सुन्दर अग्रवाललाई विभागमा हाजिर हुन पनि पत्राचार गरेको छ ।