२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनेपामा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु



अ+ अ-

काभ्रे । अरनिको राजमार्गस्थित बनेपा–१३ भैसेपाटीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बनेपाबाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई विपरित दिशा बाट आउदै गरेको बा प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको मुनी छिर्दा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका–८ घर भएका २१ बर्षिय अभिषेक न्यौपाने रहेका छन् । न्यौपानेको शव पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोराले जानकारी दिनुभयो ।