५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.14

Wind: 1.03

Humidity: 34

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य स्थिर रहदा चाँदी बढ्यो, कतिमा हुदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ ।

आज छावापाला सुन अघिल्लो दिन सोमबारको कारोबार मूल्यमा नै यथावत रहि एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको पनि सोमबार कै मूल्यमा प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।