• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा ★   विदेशी पोसाकमा देखिए ‘फुलेराका गाउँलेहरू’ ★   जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण ★   ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ ★   महामन्त्रीले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौं: सांसद खनाल

सन्दीपको मुद्दाको अन्तिम सुनुवाइ बिहिबार, फैसला नभए के हुन्छ एसिया कप ?



काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी बिहिबार तोकिएको छ । साउन ३२ गते बिहिबार अन्तिम सुनुवाइ भनिएको उक्त पेसीमा कुनै फेरबदल नआए सोही दिन सन्दीपको मुद्दाले किनारा लाग्नेछ । उक्त दिनको पेशी सूचीमा उनको मुद्दा पहिलो नम्बरमा परेको छ ।

सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको फैसला गर्न आदेश दिए्पनि जिल्ला अदालतका न्यायाधीशहरुले तदारुकता नदेखाएपछि विभिन्न बहानामा पेसि सर्दै आएको छ ।

नेपाली क्रिकेट टीमले अगष्ट ३० (भदौ १३ गते) बाट सुरु हुने एसिया कप क्रिकेट खेल्दैछ । सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्पिनर सन्दीपसहित एसिया कप खेल्ने १७ सदस्यीय टोलीको नामको घोषणा गरिसकेको छ । तर, सन्दीपको मुद्दाले भने अझै किनारा पाउने नपाउने टुङ्गो हुन सकेको छैन ।

नेपालको खेलमा सन्दीपको उपस्थिती मत्वपूर्ण रहेकोले उनीबिना भारत र पाकिस्तानजस्ता शक्तिशाली राष्ट्रहरुविरुद्धको भिडन्तमा टिमको मनोबल कमजोर हुने नेपाल क्रिकेट संघका अधिकारीहरु पनि स्वीकार्छन् । ‘हामी पनि उहाँको मुद्दा चाँडो छिनोफानो होस भन्ने पक्षमा छौं । अहिलेको अवस्थामा सन्दीप बिनाको नेपाली टीम सोच्न पनि सकिँदैन’, एक पदाधिकारीले भने ।

सन्दीपको उत्कृष्ट प्रदर्शनमा नै नेपालले विश्वकपको ग्लोबल क्वालिफायरमा पुर्‍याउन, एक दिवसीय मान्यता कायम राख्न तथा एसीसी प्रिमियर लिग जित्दै एसिया कपमा स्थान बनाएको थियो । उनले हालै क्यानडामा आयोजित ग्लोबल टी–२० मा सर्रे जगुअर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

जबरजस्ती करणी गरेको आरोप पक्राउ परेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले सो आदेश उल्टाउँदै सन्दीपलाई सशर्त रिहा गरिदिएको थियो । पछि सर्वोच्चले उच्चको आदेश कायम राख्नुका साथै सन्दीपलाई विदेश गएर खेल्ने समेत अनुमति दिएको थियो ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको मुद्दामा हाल २४ पटक पेसी चढिसकेको छ ।
सर्वोच्च अदालतको आदेशमा उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश भएपछि काठमाडौँ जिल्ला अदालतले बिहिबारलाई अन्तिम सुनुवाइको मिति भनेको छ । बिहीबार मुद्दाको सुनवाइ भएन भने सन्दीपको एसिया कप प्रभावित बन्न सक्छ ।