२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको हिमाञ्चलमा बाढीपहिरोमा परी २१ जनाको मृत्यु, सयौँ बेपत्ता



अ+ अ-

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टा यता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म २१ जना भन्दा बढीले ज्यान गुमाएका हुन् । २१ जनाको मृत्यु हुनुका साथै केही नागरिकहरु बेपत्ता भएको हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले बताउनु भयो । उहाँले प्रभावित क्षेत्रको अवस्थाबारे समेत जानकारी लिनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो २४ घण्टामा भारी वर्षाले धेरै मानिसको ज्यान लिएको छ । हालसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।’

स्थानीय अधिकारीहरुका अनुसार सिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरमा पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । साथै सो क्षेत्रमा अन्य केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ । त्यस्तै सिमलाको फागलीमा पहिरोमा परी अन्य चार जनाको मृत्यु भएको बताइएको छ ।

त्यस्तै सोलान जिल्लामा चट्याङ पर्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ भने मण्डीमा पहिरोले घर पुर्दा दुइ जनाको मृत्यु भएको छ । मण्डीको बम्बोला गाउँमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सोलन जिल्लाको बलेरा गाउँमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेश मनसुन शुरु भएयता बढी प्रभावित बनेको छ ।

खराब मौसमका कारण सोमवार हिमाञ्चल प्रदेशका शैक्षिक संस्थाहरु बन्द गराइएको थियो ।