२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगु जिप दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते



symbolic picture
अ+ अ-

सिमकोट । मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप ९बोलेरो० दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन् ।

सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो । मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो जिपमा चालकसहित नौ जना सवार रहेका थिए । प्रनाउ बस्नेतले भन्नुभयो, “मृतकमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार, पिउस परियार भएको शोरु प्रहरी चौकीले सनाखत गरेको छ ।”

जिपमा सवार हुम्लाका पाँच जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । हुम्लाका घाइते यात्रु उजिर बोहरा र अन्य मुगुका घाइतेलाई मुगु सदरमुकाम गमगढी स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

दुर्घटनामा परी चालकसहित मुगुका दुई यात्रु र हुम्लाका बोहरा सख्त घाइते भएका छन् । घाइते सबैको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि मुगु जिल्ला बाहिर लैजानुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा दुर्घटना भएको हो । जिल्ला सदरमुकामतर्फ जाँदै गरेको उक्त जिपमा चालकसहित नौ यात्रु थिए । जिप दुर्घटनाको कारणबारे अहिलेसम्म केही खुलेको छैन । रासस