८ भाद्र २०८३, सोमबार
,
Latest
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको बिथोलिएको ‘मन’



file photo
अ+ अ-

काठमाडौँ । मान्छे न हो, कहिलेकाहीँ ज्यान एकातिर, मन अर्कैतिर हुन सक्छ। सोमबार साँझ बालुवाटार निवासको माथिल्लो तलामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको मन भने तल्लो तलामा थियो। जहाँ सत्तारुढ सबै दलका शीर्ष नेता र केही कानुन व्यवसायी थिए।

प्रधानमन्त्री दाहालले साँझ ५ बजे सम्पादकहरूसँग छलफल तय गरेका थिए। त्यसअघि जुटेका शीर्ष नेताहरूको बैठक दह्रै लम्बियो। माथिल्लो तलामा ब्याग्र प्रतिक्षित सम्पादकहरूमाझ ६ बजे पुगेका प्रधानमन्त्रीले अप्ठ्यारो मानिमानी छलफल मंगलबारलाई सारे। ‘त्यो अलि इमर्जेन्सी मिटिङ पर्‍यो। त्यो तल विचारोतेजक ढंगले चलेको छ। सामान्य खालको छलफल छैन,’ उनले भने, ‘मेरो मन पनि तलै छ।’

गठबन्धन बैठकका मूल एजेन्डा के त ? प्रधानमन्त्रीले भने, ‘अदालतको फैसलालाई कसरी बुझ्ने भन्ने एउटा छ। यसमा पूर्वप्रधानमन्त्रीहरू कसरी प्रस्तुत हुने भन्ने छ। त्यस्तै संसद्को गतिरोध हटाउने, गौर हत्याकाण्ड छानबिनमा सत्तारुढ घटककै विमतीलगायत एजेन्डा छन्।’

उक्त गठबन्धन बैठकले सुन तस्करी प्रकरणमा न्यायिक समिति नबनाउने, सीआईबीबाटै अनुसन्धान गराउने निर्णय गरेको छ। अदालतको आदेशमाथिको रणनीतिबारे भने भएको निर्णय खुलाइएको छैन। अन्नपूर्ण पोस्ट