२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको बैठक: सुन तस्करीका बारेमा छानबिन समिति चाहिदैन ,गौर हत्याकाण्डको छानबिन गरिदैन



अ+ अ-

काठमाडौं । सत्तारुढ दलहरुका शीर्ष नेताको बैठकले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउनुनपर्ने ठहर गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको बैठकले सुन तस्करीका बारे उच्चस्तरीय छानबिन समिति गठन गर्नु नपर्ने ठहर गरेको हो । बैठकले गौर हत्याकाण्डका बारेमा पनि थप अनुसन्धान गर्नु नपर्ने निष्कर्ष निकालेको छ ।

बैठक पछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले संञ्चारकर्मीहरु संग भन्नुभयो ‘सुनको बिषयमा सीआइबीले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ । ‘

उहाँले भन्नुभयो ‘गौर हत्याकाण्डका विषयमा पनि बैठकमा छलफल भएको थियो । मारिएका व्यक्तिका परिवारले क्षतिपूर्ति पाइसकेको र मारिनेहरु सहिद घोषणा भइसकेकाले थप यसमा केही बाँकी नरहेको निष्कर्ष निकालिएको छ ।’

केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहालले गौर हत्याकाण्ड पीडितसंग छाननि गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउदै गृहमसचिबको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो ।