९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन र इन्भेष्टमेण्ट बैक मर्जर हुँदै, दुई बैंकबाट ३र३ जना सञ्चालक मनोनित गर्ने



अ+ अ-

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट र हिमालय बैंकबीच बिहीबार (आज) दिउँसो ३ बजे मर्जरका लागि एमओयूमा हस्ताक्षर हुने भएको छ । काठमाडौंको ठमलेस्थीत अलोफ्ट होटेलमा नेपाल इन्भेष्टमेण्टका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने भएको हो ।

बिहीबार विहानै एमओयूमा हस्ताक्षेर हुने भने पनि साताको अन्तिम दिनको सेयर कारोबार प्रभावित हुने भन्दै ३ बजेपछिका लागि कार्यक्रम तय गरिएको बैंक स्रोतले बताएको छ । आइतवारबाट भने यी दुई बैंकको दोस्रो बजारमा सेयर कारोबार बन्द हुनेछ ।

उक्त बैंकको मर्जरपछि ३-३ जना सञ्चालक राख्ने र थप १ जना स्वतन्त्र सञ्चालक मनोनित गर्ने सहमति भएको जनाएको छ । दुई बैंक एक भएपछि सञ्चालक समिति अध्यक्षमा पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक राणा रहने छन् । इन्भेष्टमेण्टका सीईओ ज्योतिप्रकाश पाण्डे भने मर्जरपछि डेपुटी सीईओको भूमिकामा रहने छन् ।

यी दुई बैंकले ढिलोमा पनि आगामी असोजअघि नै एकीकृत कारोबार थाल्नेगरी समझदारी बनेको बैंक स्रोतले जानकारी दिएको छ । बैंकको मर्जर हुँदा नेपाल इन्भेष्टमेण्टका लगानीकर्तालाई फाइदा हुने देखिएको छ । डीडीएका इन्भेष्टमेण्ट बैंकको सम्पत्ती हिमालयनको तुलनामा कम देखिएको सम्बद्ध स्रोतको दाबी छ । इन्भेष्टमेण्टको पूँजी बढी भएका कारण प्रतिसेयर सम्पत्ती कमी देखिएको हो । 

प्रतिकित्ता सम्पत्तीको मूल्यांकन कति आएको छ भन्ने प्रस्ट नपारिएको भए पनि करीब ५ प्रतिशतको अन्तर देखिएको स्रोतको दाबी छ । यद्यपी, दुबै बैंक समान हैसियत (सेयर स्वाप १/१ को अनुपात) मा मर्जरमा जाने सहमति जुटेको छ ।