२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘ऐंचो पैँचो’को ट्रेलर हेरेपछि प्रेम आलेः म खेलेको भए राजनीतिका विकृति प्रष्ट्याउँथेँ



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘ऐंचो पैँचो’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा राजनीतिक कथावस्तुलाई देखाइएको छ । राजनीतिक कथावस्तुमा आधारित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, बुद्धि तामाङ लगायतको मुख्य अभिनय छ ।

कृषा चौलागाईंद्वारा निर्देशित यो फिल्मको ट्रेलरमा अभिनेत्री स्वस्तिमा भोटका लागि हात जोड्दै पर्चा बाँडिरहेको देख्न सकिन्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै सांसद प्रेम आलेले अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको बताउनु भयो । उहाँले आफू पनि फिल्ममा रहेको भए राजनीतिक विकृतिहरु प्रष्ट्याउने भन्दै चलचित्र राजनीतिक कथावस्तुमा राम्रो बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो फिल्म राजनीति सम्बन्धीका कुराहरु रहेछन्, खुशी लाग्यो । अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको छ । यो फिल्ममा सबैले धेरै मेहनत गर्नुभएको छ । यसमा मलाई पनि राखेको भए राजनीतिमा भएका सत्य कुराहरु बोल्थेँ ।’

कार्यक्रममा बोल्दै अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिकर्मीहरुले फिल्मको पत्रकार सम्मेलनमा मात्रै नभइ हल गएर चलचित्र हेर्नुपर्ने बताउनु भयो । उहाँले फिल्म लेखकलाई उचित पारिश्रमीक नदिने गरेकोप्रति असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिमा रहनुभएकाहरुले फिल्म पनि हेर्नुपर्छ, प्रेस मिट मात्रै होइन, उहाँहरुले नदेख्नुभएको कुरा हामीले लेन्सबाट देखाउन सक्छौँ । फिल्म लेखकलाई राम्रो परिश्रमीक नदिने गरिएको छ । अहिले पछिल्लो समय केही हदसम्म दिने गरिएको छ ।’

फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन् । भदौको १४ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ ।