९ श्रावण २०८३, शनिबार
,
Latest
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमार पनि साउदी लागे, अल–हिलालले हाल्यो मोटो रकम



अ+ अ-

एजेन्सी । ब्राजिलियन स्टार फरवार्ड नेयमार जुनियर पनि साउदी जाने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फरवार्ड नेयमारलाई साउदी प्रो लिग क्लब अल–हिलाललाई करिब १०० मिलियन युरोमा बेच्ने सम्झौता गरेको छ ।

नेयमार आगामी २ वर्ष अर्थात् सन् २०२५ जुन ३० सम्म अल–हिलालमा रहने छन् । उनले क्लबबाट १० नम्बरको जर्सी लगाउनेछन् ।

नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजीमा आएका थिए ।

पिएसजीका लागि १ सय ७३ खेल खेलेका नेयमारले क्लबलाई १३ उपाधि जिताएका छन् । पिएसजीमा नेयमारले ११२ खेलमा ८२ गोल गरेका थिए ।

घुँडाको चोटका कारण नेयमारले मार्चमा शल्यक्रिया गर्दा बाँकी सिजनका खेल गुमाएका थिए ।

यो सिजन करिम बेन्जेमा, एनगोलो कान्टे, जोर्डन हेन्डरसन, रुवेन नेभ्स, साडियो माने र रोबर्टो फिर्मिनोजस्ता चर्चित खेलाडी साउदी गएका थिए ।

गत जनवरीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेडबाट साउदी क्लब अल नासरमा आएका थिए । त्यसपछि चर्चित खेलाडीहरु साउदी जाने ढोका खुलेको थियो ।