४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

डुरान्ड कपः आर्मी भारतको चेन्नाइयीनसँग पराजित

डुरान्ड कपः आर्मी भारतको चेन्नाइयीनसँग पराजित
अ+ अ-

काठमाडौँ । त्रिभुवन आर्मीले एफसी डुरान्ड कप फुटबलमा आफ्नो दोस्रो खेलमा पराजय बेहोरेको छ ।

गुहावाटीस्थति इन्दिरा गान्धी एथ्लेटिक स्टेडियममा सोमबार भएको खेलमा ए डिभिजन क्लब आर्मी भारतको आइएसएल क्लब चेन्नाइयीन एफसीसँग ३–० ले पराजित भएको हो ।

चेन्नाइयीनले पहिलो हाफमा दुई र दोस्रो हाफमा १ गोल गर्यो ।

फारुख चौधरीले २२औं मिनेटमा गोल गर्दै चेन्नाइयीनलाई सुरुवाती अग्रता दिलाएका थिए भने रहिम अलीले ४०औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी अग्रता दोब्बर पारे । यस्तै, ८४औं मिनेटमा ब्राजिलियन खेलाडी राफेल क्रिभेलारोले चेन्नाइयीनका लागि तेस्रो गोल गरे ।

समूह ई मा आर्मीको यो पहिलो हार हो । पहिलो खेलमा आर्मीले दिल्ली एफसीसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

लगातार दोस्रो खेलमा जित निकालेको चेन्नाइयीन समूहको एक खेल खेल्नुअघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुई जितबाट ६ अंक जोडेको चेन्नाइयीन समूह विजेता बन्ने पक्का छ । दुई खेलपछि दिल्लीको २ तथा आर्मी र हैदरादको समान १ अंक छ ।

अब आर्मीले समूहको अन्तिम खेल अगष्ट २२ मा हैदरवादसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागि २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसमा हरेक समूहको विजेता ६ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट २ टिमले क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।