६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

सुन तस्करी प्रकरणमा छानबिन गर्न ढिलाइ हुनु सरकार संलग्न हुनुको पुष्टि: एमाले

सुन तस्करी प्रकरणमा छानबिन गर्न ढिलाइ हुनु सरकार संलग्न हुनुको पुष्टि: एमाले
अ+ अ-

काठमाडौँ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा छानबिन गर्न सरकारले ढिलो गर्नुले सरकारको संलग्नता पुष्टि भएको बताएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताउनुभएको हो ।

उहाँले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बन्नु अनिवार्य रहेको भन्दै अनुसन्धान ढिलाइ गर्नुले प्रमाणहरु नष्ट हुँदै जाने बताउनु भयो । उहाँले उच्चस्तरीय छानबिन न्यायिक समिति बनाइ जरैसम्म अनुसन्धान नभए अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि नराम्रो हुनुका साथै नेपालको भूराजनीतिमा समेत असर पर्ने बताउनु भयो ।

उहाँले सरकारले छानबिनमा आलटाल गरेको र प्रतिपक्षको आवाज दबाउन खोजेको बताउनु भयो । उहाँले लग्न मन्त्रीहरुले राजीनामा दिनुपर्छ भन्दा तर्साउनका लागि सांसदलाई थुन्ने काम सरकारबाट भएको बताउनु भयो । उहाँले सिआईबीले नाम किटान गरेकालाई समेत छानबिनको दायरामा नल्याउने र सरकारी वकीलले उनीहरुको नाम हटाएर मुद्दा दायर गर्नुले छानबिनमा दबाब र प्रभाव छ भन्ने प्रमाणित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिका बारेमा छलफल गरेका छौँ । विशेष गरी सुन तस्करी र यसले निम्त्याएका जटिलताको बारेमा छलफल गरेका छाँै । साउन २ गते बरामद भएको सय केजी बढी सुन प्रकरण र यससँग जोडिएको अनेकौँ तथ्यहरु जसले मुलुकको अर्थतन्त्र, मुलुकलाई नराम्रो पारेको छ । यो विषय छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बन्नु अनिवार्य छ । किनभने जति ढिलो हुँदैछ, त्यति नै प्रमाणहरु नष्ट हुने अहिले सुनेका छौँ । सिआईबीले गोदाम खानतलास गर्छ, त्यहाँ कारखाना मेटिन्छ, सुन भेटिँदैन । मान्छेहरु फरार भएका छन्, विदेश पुगेका छन् ।

प्रमाण नष्ट हुने स्थिति देखिन्छ । उच्चस्तरीय छानबिन न्यायिक समिति बनाइ जरैसम्म पुगेर यो घटनाको अनुसन्धान हुनुपर्छ । अन्यथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि नराम्रो हुन्छ । नेपाल सुन तस्करको ट्रान्जिट बन्नुले नेपालको भूराजनीतिमा समेत असर गर्छ । यसमा गम्भीरताका साथ छानबिन हुनुपर्छ । सरकारले जसरी यसमा आलटाल गरेको छ, प्रतिपक्षको आवाज दबाउन खोजिरहेको छ, यसमा उच्चस्तरीय छानबिन हुनुपर्छ र यसमा संलग्न मन्त्रीहरुले राजीनामा दिनुपर्छ भन्ने सांसदलाई तर्साउनका लागि थुनामा राख्ने जुन ढंगका क्रियाकलाप गरिएको छ, जति समय बित्दै छ, त्यति धेरै सरकारको संलग्नता बुहत स्पष्ट भएको छ । सिआईबीले नाम किटान गरेकालाई समेत छानबिनको दायरामा नल्याउने र सरकारी वकीलले उनीहरुको नाम हटाएर मुद्दा दायर गर्नुले छानबिनमा दबाब र प्रभाव छ भन्ने प्रमाणित हुन्छ ।’

बैठकले पार्टीको प्रदेश अधिवेशनको मिति तोकेको छ । उपमहासचिव ज्ञवालीका अनुसार पार्टीले भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन गर्ने तय भएको छ । त्यस्तै असोज ५ र ६ गते मधेस प्रदेश, ८ र ९ मा वागमती प्रदेश, १० र ११ कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गरी असोज मसान्तसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

उपमहासचिव ज्ञवालीले पार्टीले अधिवेशनका लागि प्रतिनिधि चयन पालिकाबाट हुने र ४० वर्ष मुनिका युवालाई प्रतिनिधि बनाउनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँका अनुसार वडा र टोलमा ४० वर्ष मुनिका कम्तिमा एक तिहाई युवाहरु अनिवार्य समावेश हुनुपर्ने, पालिकामा अनिवार्य २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत अनिवार्य युवाहरु रहनुपर्नेछ । त्यस्तै बैठकले केन्द्रिय कमिटीको सदस्यको रुपमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनयन गरेको छ । सुदूरपश्चिम प्रदेशमा शंकरदत्त जोशी र वागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रिय सल्लाहकार परिषद्मा ल्याउने निर्णय पनि पार्टीले गरेको छ ।

उहाँले भन्नुभयो, ‘बैठकले प्रदेश अधिवेशनका मिति तय गरेको छ । जसमा भदौ १६ र १७ गते लुम्बिनी प्रदेशमा असोज ५ र ६ गते मधेस प्रदेश, ८ र ९ मा वागमती प्रदेश, १०,११ कर्णाली प्रदेश, १२,१३ गते कोशी प्रदेश, १५,१६ गते गण्डकी प्रदेश, १९,२० उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गरी असोज मसान्तसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्नेछौँ । यो अधिवेशनका लागि प्रतिनिधि चयन पालिकाबाट हुनेछ । पालिकाबाट प्रतिनिधिहरुको निर्वाचन हुनेछ । ४० वर्ष मुनिका युवालाई प्रतिनिधि बनाउनुपर्ने कुरामा ध्यान दिनुपर्नेछ ।

वडा र टोलमा ४० वर्ष मुनिका कम्तिमा एक तिहाई युवाहरु अनिवार्य समावेश हुनुपर्नेछ । पालिकामा अनिवार्य २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत अनिवार्य युवाहरु हुनुपर्नेछ । बैठकले केन्द्रिय कमिटीको सदस्यको रुपमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनयन गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशमा शंकरदत्त जोशी र वागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रिय सल्लाहकार परिषद्मा ल्याउने निर्णय गरिएको छ ।’

एमालेले कञ्चनपुरमा भएको युवासंघको झडपको विषयमा छानबिन गर्नका लागि ३ सदस्यीय टोलीसमेत गठन गरेको छ ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय युवासंघ नेपालको कञ्चनपुर जिल्लामा जुन खालका गतिविधि भए, त्यो चिन्ताजनक छ । त्यसको लागि छानबिनका लागि युवराज ज्ञवालीको संयोजकत्वमा भानुभक्त ढकाल र ज्वालाकुमारी साह रहेको समिति गठन गरिएको छ ।’

टोलीमा उपाध्यक्ष युवराज ज्ञवाली‚ स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो ज्वालाकुमारी साह रहेका छन् ।