६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी प्रकरण: गिरोहको विरुद्ध थप १८ जना पीडितहरुको जाहेरी



अ+ अ-

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने गिरोह बिरुद्ध १८ जना पीडितहरुबाट करिव १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको भनि ३ वटा छुट्टा छुट्टै किटानी जाहेरी दर्ता गराएका छन् ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाण्डौंमा सानु भण्डारी, केशव दुलाल समेतको संयुक्त मिलेमतोमा बिभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि बिभिन्न किसिमका प्रलोभन र बिश्वासमा पारी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाण्डौ लगायतका जिल्लाहरुका १८ जना पीडितहरुबाट करिव १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको भनि ३ वटा छुट्टा छुट्टै किटानी जाहेरी दरखास्त परेको छ ।

प्रहरीका अनुसार सक्कल जाहेरी दरखास्त लगायतका कागजातहरु आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको छ ।