• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

संसद् ‘हाईज्याक’ भयो: रवि लामिछाने



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले प्रतिनिधि सभा ‘हाईज्याक’ भएको टिप्पणी गरेका छन् ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितीको माग गर्दै एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएकोमा त्यसप्रति असन्तुष्टि जनाउँदै लामिछानेले सो कुरा बताएका हुन् ।

सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकुल चलाएर ‘हाइज्याक’ गरिएको बताए। उनले संसद बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरुलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजना अनुरुप संसद बैठक चलाइएको बताए ।

उनले संसद बैठकको यसप्रकारको क्रियाकलापको रास्वपाले घोर भत्र्सना गर्ने बताऐ । सभामुखले संसदको नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै लामिछानेले कसको लागि र किन त्यस्तो गरिएको हो भनि प्रश्न गरे । उनले सभामुखमाथि शंकाको घेरा देखिएको पनि बताए ।

सभापति लामिछानेले भने – ‘हामी घोर भत्र्सना गर्न चाहान्छौँ । यसरी मिलिजुली संसदलाई बन्दी बनाए जसरी बोल्न चाहेका मान्छेहरुलाई बोल्न दिने, आफूले सुन्न चाहेको मान्छेको कुरा सुनिसकेपछि अनि जर्बजस्त अब बन्द गर । ल गर तिमीहरु भनेर एउटा कुनै कोठाभित्र कसैले बसेर प्लान गरेर अब तँ यो गर्नु, तँ यो गर्नु, तैले यसो गर्नु, उसो गर्नु म यसो गर्दिन्छु भनेर भनिएको कुराको गन्ध आयो । सदनमा त्यस्तो किसिमको क्रियाकलाप भएको हुनाले हामी यसको घोर बिरोध गर्न चाहन्छौँ । सम्माननीय सभामुखको क्रियाकलाप या सचिवालय यो जुन क्रियाकलाप देखियो यो सदन हाइज्याक भएकै हो ।’

‘सदनलाई हाइज्याक गरियो । अनायासै सत्ता पक्षका सांसद बोल्नुभयो । त्यसपछि प्रमुख प्रतिपक्षतिर आयो । प्रमुख प्रतिपक्ष दलका सांसदहरुले बोल्दाबोल्दै अर्को प्रक्रियामा प्रवेश गर्नुभयो । बोल्न सिध्याउनु नि भएको छैन उहाँले । संसद हाइज्याक गरियो । संसद हाइज्याक गर्न पाइँदैन । त्यो सम्मान राख्न सक्नुपर्छ । दल छोडेर सदन छिरिसकेपछि, सम्मानित कुर्सिमा बसिसकेपछि दलको बन्न पाइँदैन । व्यवहारले पनि पाइँदैन । क्रियाकलापले पनि पाइँदैन । भित्रि रुपमा, बाहिरी रुपमा पनि पाइँदैन । यसले लोकतन्त्रको मुल्य र मान्यतामाथि ठूलो कुठाराघात हुन्छ । ठूलो ठेस लाग्छ । यो क्रियाकलापले पदिय गरिमा, स्वतन्त्रताको पर्याय बन्नुपर्ने त्यो ठाउँमा शंकाको ठूलो एउटा घेरा देखिएको छ । अत्यन्तै धेरै शंका गर्नुपर्ने घेरा देखिएको छ ।’

यसअघि पनि लामिछानेले सभामुखले एमालेलाई मात्र आफ्नो कुराहरू राख्न दिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । पार्टीले संसद् अवरुद्ध भएको दिनको भत्ता नलिनेसमेत घोषणा गरिसकेको छ ।

सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति  माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आईरहेको छ । समिति गठनको लागि सभामुख देवराज घिमिरेसहित तीन दलका शिर्ष नेताहरु पटक पटक वार्तामा बस्दा पनि कुरा मिल्न सकेको छैन ।