६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

संसद् ‘हाईज्याक’ भयो: रवि लामिछाने

संसद् ‘हाईज्याक’ भयो: रवि लामिछाने
फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले प्रतिनिधि सभा ‘हाईज्याक’ भएको टिप्पणी गरेका छन् ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितीको माग गर्दै एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएकोमा त्यसप्रति असन्तुष्टि जनाउँदै लामिछानेले सो कुरा बताएका हुन् ।

सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकुल चलाएर ‘हाइज्याक’ गरिएको बताए। उनले संसद बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरुलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजना अनुरुप संसद बैठक चलाइएको बताए ।

उनले संसद बैठकको यसप्रकारको क्रियाकलापको रास्वपाले घोर भत्र्सना गर्ने बताऐ । सभामुखले संसदको नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै लामिछानेले कसको लागि र किन त्यस्तो गरिएको हो भनि प्रश्न गरे । उनले सभामुखमाथि शंकाको घेरा देखिएको पनि बताए ।

सभापति लामिछानेले भने – ‘हामी घोर भत्र्सना गर्न चाहान्छौँ । यसरी मिलिजुली संसदलाई बन्दी बनाए जसरी बोल्न चाहेका मान्छेहरुलाई बोल्न दिने, आफूले सुन्न चाहेको मान्छेको कुरा सुनिसकेपछि अनि जर्बजस्त अब बन्द गर । ल गर तिमीहरु भनेर एउटा कुनै कोठाभित्र कसैले बसेर प्लान गरेर अब तँ यो गर्नु, तँ यो गर्नु, तैले यसो गर्नु, उसो गर्नु म यसो गर्दिन्छु भनेर भनिएको कुराको गन्ध आयो । सदनमा त्यस्तो किसिमको क्रियाकलाप भएको हुनाले हामी यसको घोर बिरोध गर्न चाहन्छौँ । सम्माननीय सभामुखको क्रियाकलाप या सचिवालय यो जुन क्रियाकलाप देखियो यो सदन हाइज्याक भएकै हो ।’

‘सदनलाई हाइज्याक गरियो । अनायासै सत्ता पक्षका सांसद बोल्नुभयो । त्यसपछि प्रमुख प्रतिपक्षतिर आयो । प्रमुख प्रतिपक्ष दलका सांसदहरुले बोल्दाबोल्दै अर्को प्रक्रियामा प्रवेश गर्नुभयो । बोल्न सिध्याउनु नि भएको छैन उहाँले । संसद हाइज्याक गरियो । संसद हाइज्याक गर्न पाइँदैन । त्यो सम्मान राख्न सक्नुपर्छ । दल छोडेर सदन छिरिसकेपछि, सम्मानित कुर्सिमा बसिसकेपछि दलको बन्न पाइँदैन । व्यवहारले पनि पाइँदैन । क्रियाकलापले पनि पाइँदैन । भित्रि रुपमा, बाहिरी रुपमा पनि पाइँदैन । यसले लोकतन्त्रको मुल्य र मान्यतामाथि ठूलो कुठाराघात हुन्छ । ठूलो ठेस लाग्छ । यो क्रियाकलापले पदिय गरिमा, स्वतन्त्रताको पर्याय बन्नुपर्ने त्यो ठाउँमा शंकाको ठूलो एउटा घेरा देखिएको छ । अत्यन्तै धेरै शंका गर्नुपर्ने घेरा देखिएको छ ।’

यसअघि पनि लामिछानेले सभामुखले एमालेलाई मात्र आफ्नो कुराहरू राख्न दिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । पार्टीले संसद् अवरुद्ध भएको दिनको भत्ता नलिनेसमेत घोषणा गरिसकेको छ ।

सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति  माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आईरहेको छ । समिति गठनको लागि सभामुख देवराज घिमिरेसहित तीन दलका शिर्ष नेताहरु पटक पटक वार्तामा बस्दा पनि कुरा मिल्न सकेको छैन ।