• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

टक्सार महाशाखाले ब्रेक शु भित्रको सुन निकाल्न थाल्यो



काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकाल्न सुरू गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो महाशाखाले सुन जोख्न ब्रे‍क शुबाट सुन निकाल्न थालेको हो।

सुन निकालि सकिएपछि जोख्ने तयारी छ। राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो। तर अहिलेसम्म जोखिएको थिएन।