२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयबाट बिदा हुँदै गर्दा मोदीद्वारा ४५ बुँदे कार्यप्रगति सार्वजनिक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट बिदा हुँदै गर्दा अमनलाल मोदीले आफ्नो कार्यकालमा गरेका ४५ बुँदे कार्यप्रगति सार्वजनिक गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) को निर्णयअनुसार उहाँलाई फिर्ता बोलाएर जनमतलाई सो मन्त्रालय दिइएसँगै मोदी सोमबार मन्त्रालयबाट औपचारिक रुपमा बिदा हुनुभएको हो ।

मन्त्रालयमा आयोजित बिदाइ पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ४५ बुँदे कार्यप्रगतिमा संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको उल्लेख गरिएको छ ।

यस्तै निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेश गरिएको, केबुलकार निर्माण तथा सञ्चालन सम्बन्धी नमूना कार्यविधि तयार गरिएको, विभिन्न स्थानीय तहमा स्थलगतरुपमा कार्यसम्पादन सहजीकरण गरिएकोलगायत ४५ बुँदामा मोदीले आफ्नो कार्यप्रगति सार्वजनिक गर्नुभएको छ ।