२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी



अ+ अ-

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उहाँसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ ।

उहाँले जीविकोपार्जनको गन्तव्य बनाउनुभएको छ नेपाली गाउँ, कुतियाबरलाई । उहाँले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो । “खेतीका लागि आफूसँग जमिन छैन, यहाँ जमिन भाडामा लिएर तरकारी गरिरहेको छुँ”, उहाँ भन्नुहुन्छ, “यसैबाट घरखर्च चल्छ ।” सुरुआतमा दुई बिघा जमिन भाडामा लिएको उहाँले बताउनुभयो ।

महाकाली नदीले जमिन कटान गरेर एक बिघा मात्रै बाँकी राखेको उहाँको भनाइ छ । परबलका साथै भिण्डी, खुर्सानी, हल्दीलगायतको खेती उहाँले गर्नुभएको छ ।

“रु १२ हजार प्रत्येक वर्ष जमिनको भाडा तिर्छुँ, तरकारी खेतीमा परिश्रम धेरै लाग्छ”, उहाँ भन्नुहुन्छ, “घरपरिवारको खर्च तरकारी खेतीबाटै चलेको छ ।” भारतीय बस्ती नौजलिया र नेपाली बस्ती कुतियाकबरको भूभाग मात्रै जोडिएको छैन । यहाँका स्थानीयको रोजीरोटी पनि एकापसमा जोडिएको छ । मण्डलजस्ता धेरै भारतीय नागरिक कुतियाकबरमा तरकारी खेतीमा जमेका छन् ।

नौजलियाकै पुलिन बआडले पनि कुतियाबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्नुहुन्छ । बर्सेनि रु एक/दुई तरकारी खेतीबाट बचत गर्ने गरेको उहाँ बताउनुहुन्छ । उत्पादित तरकारीलाई बिक्रीका लागि भारतीय बजार तथा महेन्द्रनगरतर्फ लैजाने गरेको उहाँको भनाइ छ । “व्यवसायी बारीमै आएर पनि तरकारी लैजान्छन्, हामी कहिले बिक्रीका लागि भारततिर त कहिले नेपालतिर लैजान्छौँ”, उहाँले भन्नुभयो, “बाढीले ल्याएको बलौटे माटोमा परवल राम्रो उब्जाउ हुन्छ ।”

धान, गहुँ, तरकारी, परवल र बदामको खेती गर्ने गरेको उहाँले बताउनुभयो । कुतियाबरलाई एकापट्टिबाट महाकाली र अर्कोतिरबाट जोगबुढा नदीले घेरेको छ । बर्सातको समयमा आउने बाढीले खेतीमा क्षति पुर्‍याउने गरेको पुलिनको गुनासो छ ।

एक पटक छरेको परवलको बीउ पाँच/छ वर्षसम्म उत्पादन दिने गरेको उहाँले बताउनुभयो । “एक पटक छरेपछि पाँच/छ वर्षसम्म बीउ छर्न पर्दैन, उत्पादन दिइराख्छ”, उहाँले भन्नुभयो, “त्यसैले पटकपटक लगानी गरिराख्नु पर्दैन, आफ्नो मेहेनत मात्रै लाग्छ ।”

दोधारा चाँदनीमा उत्पादन भएको परवलले स्थानीयस्तरमै बजार पाउन थालेपछि किसानलाई अझै राहत मिलेको छ । “अचेल यतै गाडी चल्न थाले, अब हामीलाई आफ्नो उत्पादन बिक्री गर्न सहज भएको छ”, विश्व मण्डलले भन्नुभयो । उहाँका अनुसार परवल प्रतिकिलोग्राम रु ३५ देखि ४० सम्म बिक्री हुने गरेको छ ।

एक कट्ठा जमीनमा एक हप्तामा दुई क्विन्टलसम्म परवल उत्पादन हुने गरेको मण्डलले बताउनुभयो । “परवल उत्पादन सुरु भएपछि हप्ता दिनको फरकमा टिप्ने गर्छौं”, उहाँले भन्नुभयो, “एक पटकमा एक/दुई क्विन्टलसम्म परवल उत्पादन हुन्छ ।” रासस