२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । गत शुक्रबारदेखि जारी नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार पनि बस्दैछ । आजको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होसे हलमा बिहान १० बजे बस्ने गरी बोलाइएको छ ।

बैठकमा आइतबारसम्म ५४ सांसदहरुले आआफनो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरुले धारणा राख्नेछन् ।

आजको बैठकमा सबैको धारणालाई समेटेर महत्वपूर्ण प्रस्ताव पारित गरिने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने बिषयमा छलफल भइरहेको छ ।
यस्तै, बैठक जनजीविकाका विषय, सांसद सुनील शर्मा प्रकाउ तथा समसामायिक विषयमा केन्द्रित छ ।