५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको कागबेनीमा बाढीले १० घर र पक्की पुल बगायो



अ+ अ-

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा आईतबार साँझ आएको आकस्मिक बाढीले मुक्तिक्षेत्र—२ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर कागबेनीमा १० घर र पक्की पुलसहित बाढीले बगाएको छ।

अविरल वर्षासंगै मुस्ताङको साङ्ता खोला थुनिएको थियो । प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार आईतबार साँझ करिव ७ बजेदेखि साङ्ता खोला थुनिएको जानकारी दिनुभयो । साङ्ता हुँदै बग्ने ठाँडो खोला पहिरोे खसेपछि खोला थुनिएको हुनसक्ने प्रजिअ केसीको भनाई छ ।

यसैगरी मुक्तिनाथबाट बहने वारागुङ—२ छेङ्गुर ,झोङ, पुडाकबाट बहने ३ वटा शाखा नदीको बाहव उच्च हुँदा कागबेनी गाउँमा बाढीको त्रास बढेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङले जानकारी दिए । उनका अनुसार अहिले ठाडो खोलाको बाढीले कागबेनी गाउँको तटीय बस्ती जलमग्न भएको उनले बताए ।‘ कागबेनीमा ठाँडो खोलाले श्राद्धस्थल ,धर्मशाला र केही घरहरु जलमग्न भएको छ,’ अध्यक्ष गुरुङले भने,‘ गाउँ भित्रको अस्थायी पुल पुलेसा र एक घर बगाएको जानकारीमा आएको छ, अहिले रात परेर क्षति विवरण एकिन गर्न सकिएको छैन ।’

यता, जिल्ला प्रशासन कार्यालय मुस्ताङले अविरल वर्षासंगै आएको बाढी कागबेनीको तटीय क्षेत्रको बस्तीमा पसेकाले स्थानीयलाई सुरक्षित स्थानमा स्तान्तरण गरिएको बताएको छ ।’कागबेनी र त्यस आसपासका बस्तीमा बाढीको जोखिम बढेको,स्थानीय बाढीको त्रासमा छन्,प्रजिअ केसीले भने, प्रहरी र प्रशासनले बाढीको अवस्था र स्थानीयसंग समन्वय र सहकार्य गरिहेको छौं,हामी तैयारी अवस्थामा बसेका छौं, रातीका समय भएकाले केही असहज भएको छ ।

कागबेनीका एक स्थानीयले दिएको जानकारी अनुसार बाढीले कागबेनीको गुम्बा,स्कुल, प्रहरी चौकी र एक दर्जन बढी घरहरुमा बाढी पसेको जनाईएको छ । बाढीले कोरलानाका जाने कागबेनीमा निर्माणधिन पक्की पुल समेत बगाएको आशंका गरिएको छ ।

कागबेनी माथिका शाखा खोलाको बाहव उच्च हुँदा कालिगण्डकी नदीको सतह समेत उच्च भएको बताईएको छ । कागबेनी माथिको शाखा खोला थुनिएको थााहा पाएपछि जोमसोम बजारमा समेत बाढीको त्रास बढेको बताईएको छ । अहिले स्थानीयहरु घर बाहिर निस्किएर खोलाको सतह नियालिरहेका छन् । कागबेनी गाउँको तल्लो बस्तीका दुई दर्जन घरहरुका स्थानीयलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । अहिले सम्म मानवीय क्षति नभएको प्रशासनले बताएको छ ।

राती अबेर मात्र बाढी आएकाले क्षति विवरण एकिन गर्न सकिएको छैन ।

-नबिन अंकुरकाे सहयाेगमा