काठमाडौ । राष्ट्रपति कार्यलयले सबिधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधिशभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थन प्राप्त गर्ने सदस्यले निर्धारित समय भित्र प्रधानमन्त्रीपदमा दाबी पेश नगरेको जनाएको छ ।
तोकिए बिहिबार साँझ नौ बजे भित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफनो दाबी पेश गर्न आब्हान भएकोमा उक्त समयभित्र कसैको पनि दाबी पेश हुन नसकेको जानकारी गराएको छ ।












