२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

नेपथ्य जापान श्रृंखला: फुकुओकामा आजसम्मकै ठूलो नेपाली जमघट

नेपथ्य जापान श्रृंखला: फुकुओकामा आजसम्मकै ठूलो नेपाली जमघट
अ अ+ अ-

फुकुओका । राजधानी टोकियोमा कन्सर्ट सकेर जापानकै अर्को सहर फुकुओका आइपुगेको नेपथ्य टोलीले शनिबार बेलुकी यहाँ पनि दर्शकबाट उत्तिकै न्यानो हार्दिकता पाउन सफल भएको छ ।

पुराना मन्दिर, समुद्री किनार र अत्याधुनिक सपिङ मलहरुले भरिएको सहरका रुपमा चिनिने फुकुओकामा पछिल्लो समय नेपालीहरुको संख्या झण्डै दस हजार पुगेको अनुमान गरिन्छ ।
‘हालसम्म यहाँ आएका नेपालीहरुको ठूलो भेला भनेकै छ सय मानिसको उपस्थिती थियो,’ कन्सर्ट आयोजक टोलीका प्रकाश थापा भन्छन्, ‘त्यस हिसाबले शनिबार नेपथ्य कन्सर्टमा उपस्थित १२ सयभन्दा बढी दर्शकको संख्या यो सहरमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली जमघट हो ।’

त्यस साँझ तोकिएको समयमै छ बजे सिभिक हलका ढोकाहरु खुला गरिएका थिए । बेलुकी ठीक सात बजे कन्सर्ट सुरु हुनेबित्तिकै सबैभन्दा पहिले ‘सा कर्णाली’ र ‘मै मरि जाउँला’ को म्यूजिक भिडियो प्रस्तुत गरियो । त्यसपछि मञ्चमा उपस्थित नेपथ्य टोलीले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट दर्शकसँग पहिलो साक्षात्कार गर्यो ।

त्यो क्रमलाई ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे’ हुदै ‘शिरफूल’ ले निरन्तरता दिएको थियो ।

त्यसपछि गायक अमृत गुरुङले नेपालीहरु विदेशीने परम्पराका बारेमा दर्शकसँग चर्चा गर्न चाहे ।

‘ठूलो संख्यामा युवा पुस्ता बाहिरिने क्रमले गर्दा अहिले नेपाली समाज एकखाले शून्यतातर्फ अघि बढ्दै गइरहेको छ,’ उनले थपे, ‘कुनै समय यसैगरि बाहिरिने परम्परा सुरुगरेका लाहुरेहरुले भने उतिबेला फर्केर आउँदा उताबाट मिठा मिठा गीतहरु पनि बोकेर ल्याउने चलन थियो।’

त्यसपछि अमृतले गोर्खा फौजले उतिबेलै भित्र्याएको गीत गाएर सुनाए:

‘नैनताल नैनताल, घुमिआयो रेल
आँखामा लाउने कालो गाजल, बुलबुलेमा तेल’

कन्सर्टमा उपस्थित दर्शकमध्ये काठमाडौं घर भएका अजित सबैभन्दा पहिले हलभित्र प्रवेश गरेका थिए ।

‘नेपालमै रहँदा पनि म नेपथ्यको कन्सर्ट हेर्न पोखरा पुग्ने गर्थें,’ अजित भन्दै थिए, ‘अहिले फुकुओकामै ब्याण्ड आइपुग्दा झनै रमाइलो लागिरहेको छ ।’

अन्त्यतिर सँधै झैं श्रोताले सर्वाधिक मनपराएको ‘रेशम’ र ‘तालको पानी’ गाइरहँदा नृत्यरत दर्शकहरुको उत्तेजना चरम विन्दुमा पुगेको थियो । त्यसलगत्तै ‘रातो र चन्द्रसूर्जे’ गाउने बेलामा त्यो पारो अझ माथि उक्लियो । हलभरि जताततै राष्ट्रिय झण्डा हल्लिरहेका थिए । त्यसै क्रममा एकजना दर्शकले हातमा भएको झण्डा अमृततिर फ्याँके । त्यो झण्डा उठाएर अमृतले बोलेको संवादले एकछिन हलभरि सबैलाई भावुक बनाएको थियो ।

‘हाम्रा पुर्खाहरुले धेरै वलिदान दिएर यो झण्डा प्राप्त गरेका हुन्,’ उनले त्यो झण्डालाई ढोगेर ओढ्दै अनुरोध गरे, ‘यस्तो महत्वपूर्ण चिजलाई भुइँमा खस्नेगरि फाल्ने वा यसको अवमूल्यन हुने गतिविधि कहिल्यै नगरौं ।’

त्यस क्रममा दर्शकले ठूलो तालीका साथ अमृतका भनाइप्रति समर्थन जनाएका थिए ।

यसैबीच जापानी नागरिकहरु माझ पनि नेपथ्य कन्सर्टका चर्चा विस्तार हुन थालेका छन् ।

‘दर्शकहरुलाई मनोरञ्जनले भरिपूर्ण बनाउँदै सम्मोहनमा बाँधेर राख्नसक्ने उर्जा नेपथ्यमा गजबको देखिएको छ,’ नेपाली भाषाका अध्येता हारोहुतो नोजुले उनको फेसबुक पोष्टमा उल्लेख गरेका छन्, ‘यो जिन्दगानीु गीत गाइरहँदा मैले आँसु थाम्न सकिन त्यसैगरि ुगाउँ गाउँबाट उठु अनि ुरातो र चन्द्रसूर्जेु गाइरहँदा अन्य दर्शकसँगै म पनि उफ्रिरहेको थिएँ ।’

त्यसैगरि जापानमा श्रृंखलावद्ध कन्सर्ट गरिरहेको नेपथ्यका बारेमा नेपालस्थित जापानी राजदूतावासले समेत आफ्नो सामाजिक सञ्जालमा पोष्ट राखेको छ ।

‘फुकुओकामा नेपथ्य कन्सर्ट भब्य रुपमा सम्पन्न भएको छ,’ आयोजक टोलीका थापा भन्छन्, ‘यो कन्सर्ट हेर्नका लागि हिरोसिमा र नागोयादेखिका दर्शक फुकुओका आइपुगेका थिए ।’

कन्सर्टमा सँधैझै अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

फुकुओकाको कन्सर्ट सम्पन्न भएपछि १४ सदस्यीय नेपथ्य टोली आइतबार दिउँसो अर्को सहर ओसाकातर्फ प्रस्थान गरेको छ ।
ब्याण्डले अगस्त १७ तारिख बिहीबारका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउने छ ।