१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारद्वारा धनुषामा घुस रकम सहित इन्जिनियर पक्राउ



अ+ अ-

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै एक इन्जिनियर र निजका साथीलाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार, आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरीले वाल निर्माण कार्य सम्पन्न पश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा नियन्त्रणमा लिएको थियो ।

इन्जिनियर चौधरी र निजको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट रु १,००,०००।– घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकम र रु १ लाख ७५ हजार रुपैयाँको चेकसहित धनुषा, शहिदनगर नगरपालिका वडा नं ३ स्थित पशु सेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिइएको पनि आयोगले जनाएको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन बमोजिम थप अनुसन्धान र अभियोजन हुने पनि बताइएको छ ।