२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारद्वारा धनुषामा घुस रकम सहित इन्जिनियर पक्राउ



अ+ अ-

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै एक इन्जिनियर र निजका साथीलाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार, आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरीले वाल निर्माण कार्य सम्पन्न पश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा नियन्त्रणमा लिएको थियो ।

इन्जिनियर चौधरी र निजको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट रु १,००,०००।– घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकम र रु १ लाख ७५ हजार रुपैयाँको चेकसहित धनुषा, शहिदनगर नगरपालिका वडा नं ३ स्थित पशु सेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिइएको पनि आयोगले जनाएको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन बमोजिम थप अनुसन्धान र अभियोजन हुने पनि बताइएको छ ।