२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा डुबेर तीन बेपत्ता



अ+ अ-

बर्दिया । बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् ।

बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो ।

बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

पैनीमा डुबेको अवस्थामा शव फेला
सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा–१२ मा एक भारतीय युवकको शव शङ्कास्पद अवस्थामा भेटिएको छ ।

भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव आज पैनीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल र शवको प्रकृति हेर्दा खानको हत्या भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।

खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

उहाँले घटनास्थलबाट उठाएर शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको उल्लेख गर्नुभयो । प्रहरीले घटनाको थप अनुसन्धान सुरू गरेको उल्लेख गरेको छ । रासस