४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काँग्रेस संसदीय दलमा सरकार परिवर्तनका विषयमा छलफल भएन

काँग्रेस संसदीय दलमा सरकार परिवर्तनका विषयमा छलफल भएन
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नभएको बताएको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा छलफल नभएको बताउनुभएको हो । आईतवार दलको बैठकपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको दाबी गर्नुभयो ।

काँग्रेस संसदीय दलको बैठक भोली पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरुले राख्नुभएको सुझावहरुलाई समेटेर महत्वपूर्ण प्रश्तावहरु पारित गर्ने पनि बताउनु भयो । गत शुक्रवार र आज बसेको काँग्रेस संसदीय दलको बैठकमा ५० जना सांसदहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘नेपाली काँग्रेस संसदीय दलको बैठक निरन्तर चलिराखेको छ । अस्ती र आज गरेर जम्मा ५० जना साथीहरुले बोल्नुभएको छ । अनि, आज पनि बोल्ने क्रम निरन्तर भएको हुनाले भोलि ११ बजे फेरि यसै ठाउँमा हामी बैठक बस्छौं । र, साथीभाईहरुबाट जे पनि भावनाहरु, विचारहरु अभिव्यक्त भएका छन ।

ती सबैलाई समेटेर हामी भोली संसदीय दलको बैठकबाट केही महत्वपूर्ण प्रस्तावहरु पारित गर्छौं । र, हाम्रो बैठक भोलि समापन हुन्छ । बैठकमा धेरै विषयमा कुरा उठेको छ । अनि ती सबै विषयहरुलाई हामीले समेटेर भोलि महत्वपूर्ण प्रश्ताव पारित गर्छौं । अस्ती र आज गरेर ५० जना माननीय सदस्यहरुले बोल्नुभएको छ । यहाँ सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, सरकार फेर्ने कुरा भएको छैन ।’

बैठकमा सांसदहरुले विभिन्न भावनाहरु, विचारहरु व्यक्त गर्नुभएको र त्यसलाई समेटेर भोलि नै महत्वपूर्ण प्रश्ताव पारित गर्ने काँग्रेस संसदीय दलले जनाएको छ । प्रमुख सचेतक लेखकका अनुसार काँग्रेस संसदीय दलको बैठक भोली (सोमवार) सम्पन्न हुनेछ ।