२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिआईबीले नक्कली भनेर पक्राउ गरेको डाक्टर ‘सक्कली’ प्रमाणित



अ+ अ-

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नक्कली भनेर पक्राउ परेका डाक्टर सक्कली निस्किएका छन् ।

सिआईबीले साउन २५ मा नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा काम गरेको भन्दै पक्राउ गरेको डा. रञ्जित कुमार यादव ‘सक्कली’ प्रमाणित भएका छन् ।

नाम जुधेको आधारमा सीआईबीले डा. रञ्जितलाई पक्राउ गरेको मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्ण प्रसाद अधिकारीले बताए । डा. रञ्जित र सीआईबीको खोजी सूचीमा रहेका चिकित्सक नाम जुधेका दुईजना अलग मानिस रहेका अधिकारीले जनाए । उनले यसबारे आफूले सिआईबीलाई पत्र लेखिसकेको बताए ।

सिआईबीले महोत्तरीको पिपरा–८ घर भएका डा. रञ्जितलाई काठमाडौँबाट पक्राउ गरेर म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

ब्युरोले यस प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर रिहा गरेको छ भने अरू ७ जना चिकित्सक सीआईबीको हिरासतमा छन् ।