६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा चटपटे, पानीपुरी बिक्रीमा रोक लगाउने महानगरको तयारी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले द्रुत गतिमा संक्रमण फैलिन सक्ने वस्तु बिक्रीमा रोक लगाउने तयारी गरेको छ ।

खुल्ला रूपमा बिक्रि गरिँदै आएको चटपटे, पानीपुरी, खुला दूध र बाटोको तरकारी तथा फलफूल पसललाई महानगरले त्यसरी बेचविखनमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ताको भिड हुने गरेको भन्दै यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने महानगरभित्र कुरा उठेको थियो ।