• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

मन्त्री फिर्ता बोलाउनेबारे निर्णय लिन माओवादीको पदाधिकारी बैठक जारी



फाईल फोटो

काठमाडौँ । मन्त्रिपरिषद् हेरफेरबारे निर्णय लिन सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसिरहेको छ ।

पारिवारिक भेटघाटका लागि गृहजिल्ला चितवन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किएलगत्तै उहाँको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बसेको हो ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमनत्री दाहालले माओवादीबाट मन्त्री भएकामध्ये एक जनालाई फिर्ता बोलाउन लाग्नु भएको छ ।

जनमत पार्टीले अनिताकुमारी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ । बालुवाटार स्रोतका अनुसार माओवादीबाट मन्त्री रहनुभएका पर्यटनमन्त्री सुदन किराँती वा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने प्रधामन्त्रीको तयारी छ ।