१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री फिर्ता बोलाउनेबारे निर्णय लिन माओवादीको पदाधिकारी बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् हेरफेरबारे निर्णय लिन सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसिरहेको छ ।

पारिवारिक भेटघाटका लागि गृहजिल्ला चितवन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किएलगत्तै उहाँको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बसेको हो ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमनत्री दाहालले माओवादीबाट मन्त्री भएकामध्ये एक जनालाई फिर्ता बोलाउन लाग्नु भएको छ ।

जनमत पार्टीले अनिताकुमारी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ । बालुवाटार स्रोतका अनुसार माओवादीबाट मन्त्री रहनुभएका पर्यटनमन्त्री सुदन किराँती वा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने प्रधामन्त्रीको तयारी छ ।