१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको बैठक: गृहमन्त्रीले छोरी कुटेर बुहारी तर्साएझैँ हामीलाई तर्साउँदैछन्



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि छोरी कुटेर बुहारी तर्साउन खोजेको आरोप लगाइएको छ ।

बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद रामहरि खतिवडाले भन्नुभयो, “अहिले गृहमन्त्रीको पारा भएन। हामी पनि सरकारमै छौँ। तर पनि हामीलाई तर्साउन खोज्दैछन् ।”

सुन प्रकरणमा आवाज रोक्नका लागि पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेको भन्दै उहाँले भन्नुभयो, “उहाँले पहिला कुरा सुनेर पक्राउ गर्नुपर्ने तर, उहाँले बोली बन्द गराउन थुन्न लाग्नुभयो ।”

सांसद खतिवडाले सुशासनको कुरा गर्ने माओवादी लुम्बिनी विकास कोषको उपाध्यक्ष डा ल्हारक्याल लामालाई नियुक्ति गरेको भन्दै मायादेवी मन्दिर पुन: निर्माणका लागि ७ करोड दान दिने भनिएको पैसा कहाँबाट आयो त्यसको छानबिन गर्नुपर्ने माग गर्नुभयो ।