१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारको प्रश्नमाथि ओलीको टीप्पणी – ‘चिसै पानीले नुहाउने’ खाले प्रश्न



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूको प्रश्नको प्रतिवाद गरेका छन् ।

आइतबार एमाले मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिनुअघि ओलीले प्रतिवाद गरेका हुन् ।

अध्यक्ष ओलीले पत्रकारहरूको प्रश्न ‘चिसै पानीले नुहाउने’ खालको भएको बताए । ओलीले भने ‘विरोधभाव नदेखाइकन प्रश्न गर्दा पनि हुन्छ जस्तो लाग्छ मलाई ।’

यसैबीच अध्यक्ष ओलीले एमालेलाई सरकारको भन्दा पनि देशको चिन्ता रहेको बताए । ओलीले भने – ‘सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा जान खोजेको त होइन भन्ने हल्ला छ । तर, एमालेलाई सरकारमा रुची होइन । चिन्ता सरकारको होइन देशको हो ।’

एमालेमा सत्तामोह नरहेको बताउँदै अध्यक्ष ओलीले यसको अर्थ सरकारलाई जे पनि गर्न छुट नभएको जिकिर गरे ।