४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारको प्रश्नमाथि ओलीको टीप्पणी – ‘चिसै पानीले नुहाउने’ खाले प्रश्न



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूको प्रश्नको प्रतिवाद गरेका छन् ।

आइतबार एमाले मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिनुअघि ओलीले प्रतिवाद गरेका हुन् ।

अध्यक्ष ओलीले पत्रकारहरूको प्रश्न ‘चिसै पानीले नुहाउने’ खालको भएको बताए । ओलीले भने ‘विरोधभाव नदेखाइकन प्रश्न गर्दा पनि हुन्छ जस्तो लाग्छ मलाई ।’

यसैबीच अध्यक्ष ओलीले एमालेलाई सरकारको भन्दा पनि देशको चिन्ता रहेको बताए । ओलीले भने – ‘सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा जान खोजेको त होइन भन्ने हल्ला छ । तर, एमालेलाई सरकारमा रुची होइन । चिन्ता सरकारको होइन देशको हो ।’

एमालेमा सत्तामोह नरहेको बताउँदै अध्यक्ष ओलीले यसको अर्थ सरकारलाई जे पनि गर्न छुट नभएको जिकिर गरे ।