२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम खराबीले जहाज नउड्दा प्रधानमन्त्री भरतपुरमै रोकिन बाध्य



फाईल फोटो
अ+ अ-

काठमाडौँ । शुक्रबार भरतपुर पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मौसमको खराबीका कारण चितवनमै रोकिनुभएको छ ।

शनिबार भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँ सहभागी हुनुभएको थियो ।

उहाँ आज आइतबार बिहान ७:३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौँ फर्कने तयारी थियो तर मौसम बिग्रिएका कारण जहाज उड्न नसकेको भरतपुरस्थित बुद्ध एयरले जनाएको छ ।

मौसममा सुधार हुँदै गएकाले केहीबेरमा जहाज उड्ने सम्भावना रहेको बताइएको छ । भरतपुरमा अहिले पनि झरी परिरहेको छ।

प्रधानमन्त्री प्रचण्ड पारिवारिक भेटघाटका लागि भरतपुर जानुभएको थियो । उहाँ शिवनगरस्थित निवासमा बस्नुभएको थियो ।