काठमाडौँ । मनसुनको न्यून चापीय रेखा भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपास नेपाल नजिक अवस्थित छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको रहेको छ ।
अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर पूर्ण बदली रहि देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना छ । मधेसको एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
आज राति भने देशभर सामान्य देखि पूर्ण बदली हुनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भई कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षा हुनेछ।
देशभर भारी वर्षाको सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोप हुन सक्ने भएकोले जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
साउन २८
आज बग्मती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ ।
साथै नक्सामा उल्लेखित जिल्लाहरुमा आकस्मिक बहावको जोखिम रहेकोले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ pic.twitter.com/H3qroo8X1x— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 13, 2023