१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटनले सहज जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा ब्राइटनले ल्युटन टाउनलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा ब्राइटनलाई फराकिलो जित दिलाउन सोली मार्च, जोआओ पेड्री (पेनाल्टी), सिमोन एडिंग्रा र इभान फर्गुसनले एक–एक गोल गरे ।

काल्र्टन मोरीसले पेनाल्टीमार्फत गोल गर्दै ल्युटनका लागि एक गोल फर्काए । यो नतिजासँगै ब्राइटनले सुखद सुरुवात गर्दै ३ अंक जोडेको छ भने यता, नवप्रवेशी ल्युटनले भने हारबाट लिगको सुरुवात गरेको छ ।