२४ असार २०८३, बुधबार
,
Latest
मन्त्रिपरिषद् बैठक सुरु वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति काेशी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित दुई विधेयक दफावार छलफलका लागि स्वीकृत प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने:‘उद्यमी व्यवसायीलाई पक्रने हाम्रो नीति र नियत होइन’ मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको विजयी सुरुवात



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले विजयी सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा आर्सनलले नटिङघम फरेस्टलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनलले खेलको २६ औं मिनेटमा एड्डी केटियाहले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि ३२ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । यता, ८२ औं मिनेटमा ताइओ एओनीइले गोल गर्दै फरेस्टलाई १–२ गोलको अवस्थामा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र आर्सनल विजयी बन्यो ।

गत सिजनको उपविजेता आर्सनलले पहिलो खेलमा ३ अंक जोड्न सफल भएको छ । यता, फरेस्टले भने हारबाट लिगको सुरुवात गरेको छ ।