९ श्रावण २०८३, शनिबार
,
Latest
न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेतीमा युवक बेपत्ता



प्रतीकात्मक तस्बिर
अ+ अ-

बझाङ । बझाङमा सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन् ।

दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा शुक्रबार साँझ माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

बेपत्ता बम दुर्गाथली–२ मौरीबगरमा मजदुरी गर्दै आएका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ । रासस