२४ असार २०८३, बुधबार
,
Latest
नेप्से परिसूचक ३०.०९ अङ्कले घट्यो मन्त्रिपरिषद् बैठक सुरु वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति काेशी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित दुई विधेयक दफावार छलफलका लागि स्वीकृत प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने:‘उद्यमी व्यवसायीलाई पक्रने हाम्रो नीति र नियत होइन’ मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानका कार्यवाहक सचिव पाठकमाथि अज्ञात समूहद्वारा मोबिल छ्यापियो



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्यापिएको छ ।

शनिबार बिहान हेटौंडामा जिल्ला क्रिकेट संघ मकवानपुरको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेका हुन् ।

स्कुटरमा आएका दुई जनाले पाठक खाना खान आइरहेको बेलामा मोबिल छ्यापेर भागेको प्रहरीले जनाएको छ । केही मोबिल पाठकको कपडामा लागेको थियो ।

पाठकले घटनापछि प्रहरी कार्यालयमा निवेदन समेत दिएका छन् । मोबिल छ्याप्ने व्यक्तिहरूको पहिचान खुुल्न सकेको छैन । तर, सिसिटिभी फुटेज भेटिएको छ । प्रहरीले सोही फुटेजको आधारमा उनीहरूको खोजी जारी राखेको छ ।