• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नयाँ पर्यटन गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’ ★   पृथ्वीमा जब १०–२० लाख वर्षसम्म लगातार पानी परिरह्यो ★   ललितपुरबाट सुन गाल्ने मेसिन र ५० लाखसहित पाँच जना पक्राउ ★   प्रचण्ड सरकारमाथि समर्थन फिर्ताको एमालेले पठाएको पत्र संसद सचिवालयमा दर्ता ★   कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक ★   प्रादेशिक अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुन्छ: शिक्षामन्त्री श्रेष्ठ ★   प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने ! ★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ? ★   सहरमा बास, गाउँकै खान्कीमा चाख

हवाई टापुको जङ्गलमा डढेलो, सतसट्ठी जनाको मृत्यु



एजेन्सी । हवाई टापुको माउई जङ्गलमाा लागेको डढेलोमा परी ६७ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारणले गुनासो गरेका छन् ।

डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छभने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । खरानीमा परिणत भएको आफ्नो घरको परिसरमा भेटिएकी एन्थोनी ग्रेसिया आगोले बाँकी राखेको स्थानमा ठूलो लामो औजारको सहायताले सरसफाइ गरिरहेकी छन् । एक्ली उनले ईश्वरप्रति आफ्नो विश्वास टुटेको बताउँदै केही नगरी त्यसै बसेमा आफू बहुलाउनसक्ने दुखेसो गरिन् । कुकुर, विराला, कुखुरा र अन्य चौपायाका हाडखोड फालिरहेकी उनी भष्मप्रायः भएको नजिकको रुखतिर हेर्दै फोहर सफा नगरे महामारी फैलिनसक्ने बताउँछिन् ।

शुक्रबार फेरि सल्किएको आगोले पश्चिम माउको कानापालीमा बासिन्दालाई घरबाहिर निस्कन बाध्य बनाएको विवरण माउ प्रहरी प्रभागले सामाजिक सञ्जालमा घोषणा गरे पनि नयाँ आगलागीको कुनै विवरण प्रदान दिएको छैन ।

घर, पसल र व्यवसायको नामोनिशान छैन, सडक किनारमा राखिएका मोटरकार फलामका पातामा परिणत भएका छन्, टेलिफोनका खम्बा डढेर काला भएका छन्, पैदलयात्री मार्गको खरानी पन्साउँदै हिँड्नुपर्ने अवस्था छ, सबैतिर अग्निको विनाश नै विनाशमात्र देखिन्छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुने वित्तिकै क्षतिको मूल्याङ्कन गरिने बताएका छन् । आगालागी भएको स्थानको सरसफाइमा वारुणयन्त्रका कर्मचारीले पनि साथ दिइरहेका छन् ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । त्यसपछि आपत्कालको सूचना दिन शहरबजारमा साइरन जडान गर्न थालियो तर यसपटक वनबाट फैलिएको आगोले माउईलाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने प्रश्नको उत्तर हवाईका जनताले खोजिरहेका छन् ।